नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्वसमीक्षा सम्पन्न
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ मा समेटिने घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३१ गते विदुरमा सम्पन्न भएको छ ।
इन्सेकको आयोजनामा भएको कार्यक्रममा सरकारी वकिल कार्यालयमा प्रमुख जिल्ला न्यायाधिवक्ता यामबहादुर बानियाँले पीडितको पक्षको हक अधिकारलाई सुनिश्चित बनाउन र न्याय दिलाउनको लागि परेको बताउनुभयो ।
न्यायाधिवक्ता बानियाँले पछिल्लो समय महिला तथा बालबालिकामाथिको घटनाहरूमा वृद्धि भएकोले यसलाई न्युनीकरण गराउनको लागि नागरिक संघसंस्था तथा मानव अधिकारकर्मीहरूको भूमिमा अहम् रहने बताउनुभयो ।
कार्यक्रममा सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता विकास बन्जाराले विगत्को तुलनामा पछिल्लो ६ महिनामा बालबालिकामाथि बलात्कार, बलात्कार प्रयास र बाल यौन दुव्र्यवहारको घटनामा वृद्धि भएकोले समाज बालबालिकामाथि हुने हिंसा बलात्कारका घटना रोकथामको लागि सरोकारवाला पक्ष सबैले ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा कारागार कार्यालयका कारागार प्रशासक इन्द्रबहादुर खतिवडाले कैदी बन्दीले पाउने अधिकारको पहुँचमा ध्यान दिइएको बताउनुभयो । प्रशासक खतिवडाले क्षमता भन्दा बढी कैदी बन्दी रहेको र कारागारमा अहेवको दरबन्दी रिक्त रहदा केही समस्याहरू रहेको बताउनुभयो ।
कार्यक्रममा तादी गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य शर्मिला उप्रेतीले महिला तथा बालबालिकाको नागरिकता र जन्मदर्ता लगायतको समस्याहरू समाधान गर्न कानूनी रुपमा अवरोधहरू रहेको बताउनुभयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिद्वारा सन् २०२२ को जनवरीदेखि जुनसम्मको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको बारेमा जानकारी दिनुभएको थियो । उक्त अवधिमा बलात्कारका १६ ओटा, बलात्कार प्रयास, अपहरण तथा बालयौन दुव्र्यवहार एक एक ओटा र कर्तव्य ज्यानको ६ ओटा घटना जिल्लामा अभिलेख भएको विवरण प्रस्तुत गरेका गरिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत…
वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम…
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस…