नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि समीक्षा गरिएको छ ।
जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि ०८१ असार २९ गते समीक्षा गरिएको हो ।
जिल्लामा सन् २०२४ को ६ महिनाको (०८० पुस-०८१ असार) अवधिमा ३० ओटा मानव अधिकारसँग सम्बन्धित घटना अभिलेख गरेको इन्सेकले जनाएको छ ।
इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको अभिलेखका आधारमा सबैभन्दा बढी १६ घरेलु हिंसा, बलात्कार र कुटपिटका समान ६-६ ओटा जातीय विभेद एउटा र एउटा आत्महत्या दुरूत्साहनका घटना छन् । आठ वर्षीया बालिकादेखि ६८ वर्षीया महिला बलात्कार घटनामा पीडित भएको घटनालाई समीक्षामा उठाइएको छ ।
जिल्लामा प्राकृतिक समस्या र विपद्को पूर्व तयारीमा जोड दिनुपर्ने कुरा साथै हिंसा पीडित महिला तथा बालिकालाई राख्न जिल्लामा पुनस्थापना केन्द्र स्थापना गरिनु पर्ने कुरालाई जोड दिएको छ । एसईईको हालै प्रकाशित भएको नतिजामा जिल्लाका २३ सामुदायिक विद्यालयको नतिजा शूण्य भएको र एक बालिकाले एसइइमा असफल भएको भन्दै आत्माहत्या गरेको विषयलाई इन्सेकले समीक्षामा उठाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले मानव अधिकार सबैको सवाल भएका यसतर्फ जिल्ला प्रशासन कार्यालयले पनि काम गरी रहेको बताउनु भयो । साथै उहाँले जिल्लामा भएका मानव अधिकार सम्बन्धी भएका राम्रा कार्यलाई र अन्य छुटेका कुरालाई पनि समेट्न सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले आत्माहत्या घटना पनि मानव अधिकारसँग सम्बन्धित भएकाले इन्सेकलाई अभिलेख गर्न आग्रह गर्नुभयो ।
जिल्ला कारागारका प्रमख कुलेन्द्र खवासले कारागारमा क्षमताभन्दा तेब्बर कैदी तथा थुनुवा राखिएको भएपनि सेवा सुविधाबाट वञ्चित नगरेको बताउनु भयो ।
अधिकारकर्मी कुमार सिंवाले बसाइसराइले गाउँ उजाड भएकाले उक्त कुरालाई पनि समेट्न सुझाव दिनु भयो । समीक्षामा प्रमुख जिल्ला अधिकारी आचार्य, डिएसपी रावलसहित सशस्त्र प्रहरीका डिएसपी रविन सिलवाल, गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदी, अधिकारकर्मी सिवा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारको उपस्थिति थियो ।
एलिना दियाली
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…