नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम बनेपामा ०८१ असार २६ गते सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेले आयोजना गरेको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सुमित्रा आचार्यले सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा काभ्रेमा घटेका मानव अधिकार उल्लङ्घनका घटना प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार काभ्रेमा ६ महिनाको अवधिमा १ सय २९ ओटा घटना घटेका छन् । यसमा बलात्कार, यौनदुर्व्यवहार, कुटपिट, व्यक्तिगत हत्या, अभद्र व्यवहार, बाल विवाह, जातीय विभेद, आर्थिक अधिकार, घरेलु हिंसा र पत्रकारलाई धम्की लगायतका मानव अधिकार उल्लङ्घनका घटनाहरु भएको उहाँले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धुलिखेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी राजकुमारी श्रेष्ठले घरेलु हिंसाका घटनामा कमी आएको उल्लेख गर्नुभयो ।
मानव अधिकार सञ्जाल काभ्रेका संयोजक तथा इन्सेकका पूर्व जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाले विगत वर्षहरुको तुलनामा यस वर्ष व्यक्तिगत हत्या, बालिका बलात्कार र यौन दुर्व्यवहारका घटना बढेको बताउनु भयो ।
इन्सेकका पूर्व जिल्ला प्रतिनिधि हिरामान लामाले आफ्नो व्यक्तित्व विकास इन्सेकको बाल क्लवबाट भएको बताउँदै सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबाट कानुन कार्यान्वयनको पाटोमा सहजीकरण गर्न अनुरोध गर्नुभयो ।
अग्रज पत्रकार सुरेश हुमागाईले कानुन र पाठ्यक्रममा केही सुधार गरेर समुदाय र विद्यालयमा सचेतनाका कार्यक्रम संचालन गर्न जोड दिनुभयो ।
गैरसरकारी संस्था महासंघ काभ्रेकी अध्यक्ष गंगा दोेङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले आर्थिक मन्दिका कारण समाजमा हिंसा र आत्महत्याका घटना बढेको उल्लेख गर्दै वित्तिय संस्थाहरुलाई अनुशासित र मर्यादित बनाउन जोड दिनुभयो ।
कार्यक्रममा माइती नेपाल काभ्रेकी सुपरभाइजर गायत्री गौतम, महिला अधिकारकर्मी निर्मला काफ्ले र कल्पना विश्वकर्माले वर्ष पुस्तकमा समेट्नुपर्ने विषयवस्तुका विषयमा आफ्नो भनाइ राख्नु भएको थियो
सुमित्रा आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…