नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को जिल्लमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको असार १५ गते धादिङबेसीमा एक कार्यक्रम बिच अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माकले नागरिकको मानव अधिकार संरक्षणमा इन्सेकले भूमिका पर्याएकोले मानवअधिकार कार्यान्वयनका लागि जनमैत्री कानून निर्माण गरि अघि बढ्नु पर्ने बताउनु भयो ।
अधिवक्ता राधिका सापकोटाले मानव अधिकारको कुरा गर्दा पीडकलाई के सिधा दियो कस्तो ठाउँमा राखियो भन्ने गरिन्छ यसो नगरी पीडितको सुरक्षा संरक्षणमा सरकारले काम गर्नु पर्ने बताउनुभयो । अदालतबाट मुद्दा जितेपछि त्यो भन्दा चर्को रूपमा मुद्दा कार्यान्वयनमा जाँदा भएकोले यस्तो खालको झन्झटीलो व्यवस्था अन्त्य गरि नागरिकमैत्री प्रणाली अपाउने विषयमा मानव अधिकारको वकालत गर्न र सरकारले पीडित मैत्री सुनुवाई न्याय प्रणाली विकास गर्न अधिवक्ता सापकोटाले आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले प्रहरीको थुनुवा कक्ष लगायतका प्रहरी अनुसन्धानको सबै क्षेत्र मानव अधिकार मैत्री भएको बताउँदै मानव अधिकार कर्मी संग प्रहरीले सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
नेपाल मानव अधिकार संगठनका अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीले जनतको मानव अधिकारका लागि नागरिक समाज मिलेर संयुक्त रुपमा सुरक्षा र संरक्षण तथा प्रवध्र्दनको कार्यक्रमहरू गर्न आग्रह गर्नुभयो ।
दलित सेवा संघका अध्यक्ष श्याम मगरातीले जातीय आधारमा हुने विभेदको स्वरुप परिवर्तन भएकोले मानव अधिकारको सवालमा पनि अब यहि किसिमले पैरवी गर्ने कर्यक्रमहरू सञ्चालन गनुपर्ने बेला भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासड्घका अध्यक्ष राजाराम शर्माले मानव अधिकार एउटाको मात्र विषय नभएकोले साझा सवालमा साझा अभियानका साथ अघि बढ्नु पर्ने र मानवअधिकार सम्बन्धी कार्यक्रम गर्नेहरुले एकिकृत कार्यक्रमरू पैरवीको रुपमा ल्याउनु पर्ने बताउनुभयो ।
अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा प्राप्त सुझावहरू इन्सेकले समयानुकुल ग्रहण गर्दै आगामी दिनका प्रकाशनहरूमा लागु गरिने इन्सेक प्रतितिधिले स्पष्ट पार्नुभयो ।
समीक्षा कार्यक्रममा सन् २०२४ जनवरी देखि जुनसम्म कारागारमा १ जनाको मृत्यु, बालिका बलात्कारका आठ वटा, महिला बलात्कारका पाँ वटा, बलात्कार प्रयासका दुई वटा, घरेलु हिंसाका आठ वटा, बहुविवाहका एक वटा, बालक अपहरणको एक वटा, आत्महत्या दुरुत्साहनका दुई वटा, विद्यार्थी कुटपिटका एक वटा, अपाङ्गता अधिकार उल्लङ्घनका एक वटा घटना गरि ३० घटनामा २७ महिला र ३ पुरुष पीडित रहेको तथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो ।
सीताराम अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक तेहृथुम जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि डिसेम्वर…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक…
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…