अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  ०८१ असार १४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि पुर्ण सार्कीले सन् २०२४ जनवरी देखि जुन सम्मका सङ्कलन गरिएको सात घटना प्रस्तुत गर्नु भएको थियो । चार कुटपिट , एक दुव्र्यवहार र दुई ओटा महिला हिंसाको घटना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायले जनशक्ति अभावका कारण जिल्लामा मानव अधिकार सम्बन्धी घटनाहरु कम देखा परेको र आगामी दिनमा यस्ता घटना संकलन गर्न सबै सरोकारवाला निकाय सग सहकार्य गर्नु पर्नेमा जोड दिनु भयो।

जिल्ला प्रहरी कार्यालयका सई मनिष थापाले आगामी दिनमा जिल्ला भित्रका मानव अधिकार सम्बन्धीका घटनामा इन्सेक सग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो। जिल्ला प्रहरी कार्यलय डोल्पामा परेका उजुरीहरुको विवरण प्रहरीले इन्सेकलाई नदिने गरेको भन्ने इन्सेकको गुनासो प्रति आफ्नो ध्यानाकर्षण भएको र आगामी दिनहरुमा सबै विवरण नियमित अध्यावधिक गर्ने वातावरण मिलाउने समेत बताउनु भयो ।

जिल्ला भित्र हरेक क्षेत्रमा मानव अधिकार हनन भएको र यस्ता घटनाहरुलाई बाहिर ल्याउन इन्सेकले सबै क्षेत्रमा निगरानी राख्न जिल्ला अदालतकी अधिवक्ता अनिता तिमल्सिना उपाध्यायले बताउनु भयो।

नागरिक समाज डोल्पाका अध्यक्ष शेर बुढाले घटनाहरु  कम भएको र आगामी दिनमा थप घटना प्रस्तुत गरी मानव अधिकारको रक्षा गर्न इन्सेकले ठूलो भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो।

मानव अधिकार सम्बन्धीका अधिकांश घटनाहरु लुकाउने गरेको र घटनामा स्थलगत पुग्दा जनप्रतिनिधि र गाउँका जानमान्ने बसेर लुकाउन खोज्दा घटना सङ्कलनमा असहज हुने गरेको इन्सेक पूर्व जिल्ला प्रतिनिधि विष्णु प्रसाद देवकोटाले बताउनु भयो।

मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि प्रकाशन पुर्व सङ्कलित घटनाहरु बारे सरोकारवालाहरुसङ्ग गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रममा , जिल्ला समन्वय समिति डोल्पाका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्थित सन्चारकर्मी, सरकारी वकिल कार्यालय र जिल्ला अदालतका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

Photo20240628Dolpa (2)

Photo20240628Dolpa (3)

 

 

पुर्ण साकी