नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम परासीमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले इन्सेकले ग्रामीण भेगमा महिला र बालबालिका विरूद्ध हुने यौनजन्य हिंसा, बोक्सी प्रथा, मानव बलि प्रथा सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
यस्तै नगर प्रमुख गुप्ताले रक्षा गर्ने आ-आफ्नो ठाउँबाट सबै निर्वाचित पदाधिकारीहरूले आ-आफ्नो भूमिका निर्वाह गर्दै आफूबाटै शुरूवात गरेमा घटनामा न्यूनिकरण हुन सक्ने जोड दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद रायले मानव अधिकार उल्लङ्घन र अपराध छुट्याउनु पर्नेमा जोड दिँदै आफ्नो तर्फबाट मानव अधिकार उल्लङ्घन हुन नदिन र स्थानीय तहहरूलाई सचेत गराउन प्रयास गर्ने प्रतिबद्धता जाहेर गरे ।
इन्सेकले सङ्कलन गरेका घटनाहरू सत्य तथ्य र विश्वसनीय हुने हुँदा यसलाई निखारेर लैजानुपर्ने विवादित घटनाहरूले पुनःपुष्टि गरेर समावेश गर्नुपर्ने र आएका सुझावहरू लाई पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
नारायण पराजुली
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न…
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…