नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  ०८० पुस ३ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि स‚लन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते तेहृथुम जिल्ला सदरमुकाम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन २०२३ जनवरी १ देखि डिसेम्वर १६ सम्म सङ्कलन गरिएका ३० ओटा मानव अधिकार घटनाहरू अभिलेखीकरण गरिएको बताउनु भयो ।

जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार उल्लङ्घनका घटना बढेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तकको लागि इन्सेकले तयार पारेको वार्षिक प्रतिवेदनमा जिल्लामा मानव अधिकारको घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको हो ।

इन्सेक अभिलेखका आधारमा जिल्लामा गत वर्ष १८ ओटा मानव अधिकार उल्लङघनका घटना थिए । यस वर्ष ३० ओटा मानवअधिकारका घटना भएकोमा ३० जना पीडित भएका छन् ।

इन्सेकको तथ्याङ्क अनुसार यस वर्ष दुई जना हत्या, पाँच जना कुटपिट, पाँच बालिकासहित सात जना बलात्कार, यौन दुर्व्यवहार एक , मोसो दलेर दुव्र्यवहार एक जना, वहुविवाह एक जना, घरेलु हिंसा १३ जना, भौतिक संरचना क्षति एउटा गरी ३० ओटा मानव अधिकारका घटना भएका छन् ।

समीक्षा कार्यक्रममा बोल्दै कार्यवहाक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बूले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समेटेर प्रकाश गरिने वर्ष पुस्तक मानव अधिकार संरक्षणमा ठूलो योगदान तथा सकारात्मक प्रभाव पारेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले जिल्लामा महिला बढी पीडित भएका मुद्दा आउने गरेको बताउनु भयो । उहाँले बलात्कार, यौन दुर्व्यवहार, वहुविवाह एक जना, घरेलु हिंसाका घटना बढी हुने गरेको बताउनु भयो ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सचिव लक्ष्मी नारायण, इन्सेकका पूर्व प्रतिनिधि छत्रप्रसाद रिमाललगायत अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

Photo 20231219 Terthum (2)

Photo 20231219 Terthum (4)

Photo 20231219 Terthum (5)

Photo 20231219 Terthum (6)

Photo 20231219 Terthum (7)

सुरेश खत्री