नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व समीक्षा कार्यक्रम समपन्न

  ०८० पुष ३ गते

1702801503856 (1)

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि बारा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व ०८० मङ्सिर ३० गते बारामा मानव अधिकार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

इन्सेक बारा प्रतिनिधिका अनुसार सन् २०२३ मा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो वर्षमा ८५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष निभा कुमारी सिंहले समाजमा हिंसाहरू बढी रहेको र मौलिक हकमा गाँस, बास र कपास मात्र नभएर शिक्षा र सूचना त्यती नै महत्वपूर्ण रहेको बताउनु भयो । आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हननहुने गरी आफनो अधिकारको प्रयोग गर्नु पर्छ भनी सबै जना बुझे अहिले देखि नै मानव अधिकारमा सुधार हुन्छ ।

साथ साथ सिकाई सञ्जालकी सरस्वती खरेलले मानव अधिकारको क्षेत्रमा इन्सेक अग्रनी संस्थाको रुपमा स्थापित भएको बताउनु हुँदै घटना बारे सत्य तथ्य बुझी सम्बन्धित निकायलाई ध्यानाकार्षण गराई पीडितहरूको आवाजलाई न्यायीक प्रक्रियासम्म पुर्‍याउन सहयोग पुगेको समेत उहाँले बताउनु भयो ।

त्यस्तै, कार्यक्रममा जनमत पार्टीका मधेस प्रदेश सदस्य रामाशंकर प्रसाद कुशवाहाले बारा जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु दिनानुदिन बढिरहेकाे अवस्था छ तसर्थ यसलाई न्यूनीकरण गर्न सरकारी तथा गैर सरकारी निकाय सम्पूर्णले हातेमालाे गरेर अगाडि बढ्नु पर्छ बताउनु भयाे ।

महिला सञ्जालकी गोदाबरी कुमारी साहले जिल्लामा भएका घटनाहरु मध्ये अधिकांस घटनाहरुमा बालबालिकाहरु पीडित भएकाे पाइएकाे छ भने उक्त घटनाहरुलाई राजनीतिकरण गरिदा दाेषीलाई झन प्राेत्साहन मिल्ने र पीडितले झन बढी पीडा भाेग्नु पर्ने अवस्था रहेकाे उहाँले बताउनु भयाे । तसर्थ, कुनै पनि घटनाहरुलाई राजनीतिकरण नगरी निश्पक्ष रुपले छानविन गरी उचिन न्यायकाे सुनिश्चततामा उहाँले जाेड दिनु भयाे ।

त्यसै गरी, कार्यक्रममा उपस्थित समाज सेवी उर्मिला उपाध्यायले समाजमा भएका बिकृति र बिसंगतिलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमहरुकाे आवश्क्ता रहेकाे कुरा व्यक्त गर्नु भयाे । साथै कार्यक्रममा संरक्षण नेपालका कृष्ण प्रसाद यादव, दलित महिला संघ बाराका किशोरीलाल राम, महिला सुरक्षा समूहका गायत्री कुमारी, समाजसेवी हजारीलाल कुशवाहा, सोसल सर्भिस कमिटी बाराका पवनकुमार अग्रवाल, मानव अधिकार प्रतिष्ठान बाराका बिज्रकिशोर शाह, गढीमाई युनेसक क्लबका अध्यक्ष मन्जु सुबेदीलगायत अधिकारकर्मीहरूकाे समेतकाे उपस्थिति रहेकाे थियाे ।

1702801503830 (1)

धिरेन्द्र प्रसाद बरै