नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम लमजुङमा पुस १ गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङले आयोजना गरेको वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा जनवरी देखि हालसम्ममा मानव अधिकार उल्लङ्घनका घटनाबाट ५५ जना पीडित भएको जानकारी गराउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि सुमित्रा भुजेलले जिल्लामा जनवरीदेखि नोभेम्वरसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकार उल्लङ्घनका घटना अन्तरगत कुटपिटबाट एक जना, बाल अधिकार अन्तरगत ६ ओटा घटनामा दुई जना बलात्कारबाट पीडित, चार जना यौन दुर्व्यवहारबाट पीडित भएको बताउनुभयो । यस्तै तीन जनाको हत्या भएको इन्सकले अभिलेख गरेको छ । महिला हिंसा अन्तरगत एक जना महिला बलात्कारबाट पीडित, एक जना यौन दुर्व्यवहारबाट पीडित, ४० जना घरेलु हिंसाबाट पीडित, एक जना बहुविवाहबाट पीडित भएको उहाँले बताउनुभयो । जातीय विभेदबाट यो वर्ष दुई जना पीडित भएका छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा नौ वर्षीया बालिकादेखि ७६ वर्षीया ज्येष्ठ नागरिकसम्म यौन हिंसाबाट पीडित भएको जिल्ला प्रतिनिधि भुजेलले प्रस्तुती मार्फत जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लामा मानव अधिकार उल्लघन तथा ज्यादतीका घटना न्यूनीकरण गर्नको लागि आँफू प्रतिवद्ध रहेको व्यक्त गर्नुभयो । उहाँले इन्सेकले अभिलेख गरेको घटनाहरुमा अझै सूचनाहरु थप्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रम रेडियो चौतारी ९१.४ मेघहर्ज सञ्चालक समितिका उपाध्यक्ष विवश बुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला अदालतका अधिकृत विश्वराज कुईकेल, जिल्ला कारागार लमजुङका कारागार प्रमुख कमलपति अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेलगायत जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सुमित्रा भुजेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…
महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहको सहकार्यमा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम ०८१ कात्तिक १२ गते चौमालामा…
वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड
वातावरणीय मानव अधिकार रक्षकहरूले वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामद्वारा गठित वातावरणीय मानव अधिकार समूहको ०८१ कात्तिक…
यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेकोले कानुनी प्रकियामा जानका लागि समस्या भएको भन्दै…