नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  २०८० मंसिर २९

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरिएका घटनाहरुका प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २८ गते सिलगढीमा सम्पन्न भएको छ ।

सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुलाई थप तथ्यपरक बनाउनका लागि सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले समीक्षा कार्याक्रमको आयोजना गरिएको हो ।

वार्षिक समीक्षा कार्यक्रममा इन्सेक डोटी प्रतिनिधि प्रेमबहादुर भण्डारीले सन् २०२३ मा सकंलन गरिएका घटना र घटनाको प्रकृति सहित तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

जिल्लामा यस एक वर्षको अवधिमा ३७ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका र सबै भन्दा बढी महिला हिंसाका घटना भएको उहाँले बताउनु भयो ।

photo20231214doti (2)

घरेलु हिंसाबाट मात्रै सबै भन्दा बढी ३३ जान र बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारबाट तीन जना महिला पीडित भएको इन्सेकले प्रस्तृत  गरेको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा कुटपिट र दुव्र्यवहारबाट तीन जना पीडित भएका छन् ।

मानव अधिकार सञ्जालका अध्यक्ष नवराज जोशीले मानव अधिकारको विश्वव्यापी घोषणा–पत्र जारी भएदेखि नै सरकारले मानव अधिकारको संरक्षणमा कार्य गरिरहेको बताउँदै आएको अवस्था अहिले पनि मानव अधिकारको अवस्था सन्तोषजना नभएकोले इन्सेकले लोमो समयदेखि मानव अधिकारको अवस्था सार्वजनिक गर्दै राज्यलाई जवाफदेहि बनाउन सहयोग गरेको बताउनु भयो ।

मानव अधिकार र मौलिक हकलाई व्यवस्थित गर्न राज्यले कानुनहरु बनाएको भए पनि प्रभावकारी कार्यान्वयनमा समस्या भएकोले मानव अधिकारको प्रत्याभूती नागरिकले गर्न नसकेको उहाँले बताउनु भयो ।

photo20231214doti (3)

महिला, बालाबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, डोटीका प्रतिनिधि पदमसिंहं ठगुन्नाले मानव अधिकारको संरक्षण र सम्बर्धनको लागि प्रहरी प्रशासनबाट सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको र मानव अधिकार संरक्षणको मुख्य दायित्व राज्यको भएले आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो ।  महिला अधिकार मञ्चका सदस्य सिता वि.कले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने सुझाव दिनु भयो ।

प्रमेबहादुर भण्डारी