नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रसुवामा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक रसुवा जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा रसुवामा इन्सेकले सङ्कलन गरेका घटना बारे जानकारी गराउनुभएको थियो । यस वर्ष ज्येष्ठ नागरिक हत्या एक ओटा, महिला हत्या एक ओटा, बेपत्ता एक ओटा, यौनजन्य घटना दुई ओटा र अन्य कुटपिटका घटना आठ ओटा गरी १३ ओटा घटना इन्सेक प्रतिनिधिले भएको जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले आफू पनि इन्सेक जिल्ला प्रतिनिधि भएर काम गरेको उल्लेख गर्दै मानव अधिकार क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । मानिसले मानव अधिकार प्रत्याभूत गर्न सबै लाग्नु पर्ने बताउनु भयो । संविधानको पालना गर्न सके मात्रै पनि मानव अधिकार सुनिश्चित हुने उहाँको भनाई छ । उहाँले दुर्घटनाबाट मृत्यु, आत्महत्या जस्ता घटना पनि वर्ष पुस्तकले समेट्न सुझाव दिनुभयो ।
जिल्ला समन्वय उपप्रमुख विजय लामाले विगतका समयमा नेपाल मानव अधिकार वर्ष पुस्तकमा घटनाहरू समेटेर राज्य तथा सम्बन्धित पक्षलाई जिम्मेवार बनाउन सघाएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार ज्योतिराम केसीले लैङ्गिक हिंसाका ओटा ओटा उजुरी परेकोमा सबै मिलापत्र भएको बताउनु भयो ।
कार्यक्रममा, विष्णु रिमाल, दिपक लामा, रितुपेमा तामाङ, सुरेश अधिकारीलगायतका सरोकारवालाहरूले गाउँ गाउँमा मानव अधिकार बारे सचेतना मुलक कार्यक्रम आवश्यक रहेको र मानव अधिकारको संरक्षणका लागि सबैले पक्ष सकरात्मक भएर लाग्नु पर्ने बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…