नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व नुवाकोटमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक नुवाकोट जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्लामा समग्र मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटिने घटनाहरूको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कानुन अभावको कारणले समस्या भएको बताउनु भयो । ‘संविधान अनुसारका थप कानुनहरू आवश्यक रहेको छ । कानुन अभावका कतिपय घटना कहाँ उजुरी दिने, कहाँबाट क्षतिपुर्ति लिने भन्ने स्पष्ट नहुँदा पीडितहरूले अनावश्यक झन्झट र दुःख पाएका छन् । कतिपय नीतिगत र कानुनी कुराहरू सुधार हुन जरुरी छ’, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले पछिल्लो समय प्रमुख जिल्ला अधिकारीको अधिकारलाई सिमित गरिए पनि मानव अधिकारको सवालमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गरेर काम गरिरहेको समेत बताउनु भयो ।
कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णबहादुर ओलीले पीडितको पक्षबाट अदालतमा मुद्धा लड्दै गर्दा स्वयम् पीडितले नै प्रहरीमा आफैले लिएको जाहेरीसँग बाझिने गरी अदालतमा बयान दिँदा पीडकले उन्मुक्ती पाउनेक्रम बढेको बताउनु भयो । उहाँले अधिकारवादीहरूले पीडित पक्षको मनोबल बढाउन सहयोग गर्नु पर्ने र पीडितको संरक्षण हुने गरी अभियान चलाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर विनोद ढकालले महिला र बालबालिका लगायत पीडित पक्षलाई सहज न्यायको लागि गहन अनुसन्धानसहितको भूमिका प्रहरीले निभाईरहेको बताउनु भयो ।
सङ्कल्पकी जिल्ला अध्यक्ष शर्मिला थापामगरले सुरक्षित र मर्यादित महिनावारीको सवाललाई पनि अब अधिकारसँग जोडेर हुर्नु पर्ने बताउनु भयो ।
नेपाल बहिरा सङ्घका जिल्ला अध्यक्ष विक्रम घलेले जिल्लामा साङ्केतिक भाषा जानेको व्यक्ति नभएको कारण बहिराहरुले आफ्नो कुरा सरकारी निकायहरूमा राख्न नसकेको बताउनु भयो । उहाँले जिल्लाका स्थानीय तहहरुले दोभाषे राखेमा जिल्लामा रहेका एक हजार बहिराहरू (२०७९ को जनगणना अनुसार)ले लाभ पाउने बताउनु भयो ।
अपाङ्गता अधिकारकर्मी रुपा थापाले अपाङ्गता भएकाहरूले सार्वजनिक सवारीसाधनमा पाउने छुट दिन व्यवसायीहरुले आनाकानी गरिरहेकोले कडाईको साथ नियमन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नुवाकोट जिल्ला अदालत बार इकाईका अध्यक्ष राजाराम थपलिया, गैसस महासङ्घका जिल्ला अध्यक्ष लोचन भट्टराई लगायतले इन्सेकको मानव अधिकार वर्षपुस्तकमा समेटिने मानव अधिकारको सवालहरूको दायरा अझ फराकिलो बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले वर्ष पुस्तकमा समेटिने हत्याका चार ओटा, बलात्कार प्रयासका नौ ओटा, बलात्कारका १२ ओटा, बहुविवाहका सात ओटा, ज्यानमार्ने उद्योगको एक ओटा घटनाको बारेमा जानकारी दिनुभएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…