नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०८० मङ्सिर २४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

बागमती प्रदेश सांसद अमृता नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा वर्षभरी भएका ७५ ओटा घटना प्रस्तुत भएको थियो । प्रस्तुत घटनाहरूमा हत्या घटना तीन ओटा, बलात्कार नौ ओटा, बलात्कार प्रयास सात ओटा, यौन दुर्व्यवहार सात ओटा, घरेलु हिंसा ३९ ओटा, बहुविवाह चार ओटा, जातीय विभेद एक ओटा, एसिड प्रहार एक ओटा, सुरक्षाकर्मी माथि दुर्व्यवहार एक ओटा, विद्यालय भित्र यातना दुई ओटा, कैदिबन्दीबीच झडपबाट घाइते एक ओटा रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद अमृता नेपालले मानव अधिकारको क्षेत्रमा इन्सेकले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनु भयो ।

कार्यक्रममा चौतारा सागाचोकगढी नगरपालिका उपप्रमुख सीता थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी निराजन भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।

Photo_080-8-24_Sindhupalchok

Photo_080-8-24_Sindhupalchok1

Photo_080-8-24_Sindhupalchok2

नातिबावु धिताल