नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
इन्सेक गुल्मीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ कालागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा असार १७ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा भएका घटनाहरू प्रस्तुत गर्नु भयो । उक्त अवधिमा महिला हत्या दुई, बलात्कार दुई, बलात्कार प्रयासका तीन, बहुविवाहका सात कुटपिट घरेलु हिंसाका ३९ ओटा गरी ५३ जना पीडित भएको प्रतिवदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कारगार कार्यालयका प्रमुख रेश्मीराज पन्थीले २५ जनाको क्षमता भएको कारागारमा ९८ जना कैदी बन्दी हुँदा निकै समस्या रहेको बताउनु भयो । उहाँले भवन कच्ची र बाहिरको पर्खाल नभएको कारण सुरक्षा चुनौतिका बिषयमा ध्यानाकर्षण गराउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी नविनकिशोर प्रधानले आफूहरू मानव अधिकारको बिषयमा गम्भीर रहेको बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले राज्यले निशुल्क शिक्षा भनेर संविधानमा व्यवस्था गरेपनि कार्यान्वयमा समस्या रहेको बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख द्रोर्णबहादुर खत्रीले इन्सेकको प्रतिवेदनमा उल्लेख भएका कारागारका समस्या, शिक्षा र अस्पतालका समस्या समाधानमा आफूले सक्रियता देखाउने बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…