नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम नेपालगञ्जमा असार १५ गते सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लामा सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनामा संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका ८५ वटा घटना समेटिएको तथ्यांक जिल्ला प्रतिनिधि लक्ष्मी थारूले प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत घटनाहरूमा बाल अधिकार अन्तर्गत बलात्कार , यौनदुव्र्यहार १७ , मानव बेचविखन तथा ओसार पसार तीन, अपहरण शरीर बन्धक एक, महिला अधिकार अन्तर्गत बलात्कार, बलात्कार प्रयास १२, अपहरण तथा शरीर बन्धक एक, मानव बेचबिखन तथा ओसारपसार ६, घरेलु हिंसाका २१, बहुविवाह १३, दुर्व्यवहार ६, जातिय विभेद एक, हत्या दुई ,हत्याको प्रयास दुई वटा रहेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत मानव अधिकारको अवस्था तथ्य देखाउने भएकाले आफूले निरन्तर अध्ययन गर्ने गरेको भन्दै घटनाका प्रकृति अनुसार दुर्व्यवहारका घटना प्रशासन कार्यालयमा थुप्रै भएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले कारागार र बाल सुधार गृहमा क्षमता भन्दा बढी संख्यामा कैदी बन्दी र कानुनको विवादमा रहेका व्यक्ति रहेको विषयलाई पनि उल्लेख गर्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी प्रमुख द्वारीका अधिकारीले महिला र बालिकाहरूको घटना बढी आउने गरेकोले सम्बन्धीत निकायमा कानुनी प्रक्रियामा जान सहयोग गरेको बतनाउनु भयो ।
फियान नेपालगञ्जका संयोजक सुरेश गौतमले मौलिक हक, आर्थिक , सामाजिक, साँस्कृति तथा राजनीतिक अधिकारबाट वञ्चित भएका घटना समेट्नुपर्ने बताउनु भयो ।
अभियान नेपालकी प्रमुख कमला पन्तले इन्सेकको तथ्याङ्कले सरकार तथा अन्य सामाजिक न्यायका क्षेत्रमा काम गर्नेलाई मार्ग निर्देशन गर्ने गरेको बताउनु भयो।
इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भयो ।
लक्ष्मी थारू
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…