नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि २०२३ जनवरीदेखि हालसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अर्धवार्षिक पूर्व समीक्षा असार १५ गते मुगुमा सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले ६ महिनामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाहरु प्रस्तुत गर्नुभएको थियो । यस अवधि भित्र सङ्कंलन भएका महिला हिंसाका चार, राजनितिक अधिकारका दुई, बलात्कार तथा बलात्कार प्रयासका दुई र खाद्य अधिकारको एक,बहु विवाहको एक ओटा गरी १० वटा घटनाका बारे सरोकारवाला निकाय बिच समीक्षा भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका कार्यवाहक अध्यक्ष कर्ण बहादुर मल्लले बर्ष पुस्तकमा समेटिने मानव अधिकारका घट्नाहरु सत्य तथ्यहुनु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा शिक्षक महाँसघ मुगुकी अध्यक्ष बिष्णु भामले महिला सम्बन्धि हुने सबैखाले घटनाहरु सदरमुकाम भन्दा ग्रामिण भेगमा धेरै घट्ने गरेका छन । हिंसामा परेका महिलाहरु कानुनी सहायता भन्दा टाढा भएकाले उनीहरुको कानुनी सहायताका लागि इन्सेकले पहल गुर्न पर्ने बताउनु भयो ।
जिल्ला बार मुगुका कुबेर जंङ शाहीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार बर्ष पुस्तक पीडितहरुको दस्तावेज भएकाले यो पुस्तक भित्र समेटिने घट्नाहरु सत्य तथ्य हुनु पर्ने बताउनु भयो । नेपाल पत्रकार महाँसघ मुगुका कार्यवाहक अध्यक्ष दान बुढाले इन्सेकले हाल सम्म प्रकाशन गरेका वर्ष पुस्तकहरु कुनै विवादित भएका छैनन किनकी यसमा सत्य तथ्य घट्नाहरु समिटिने भएकाले मानव अधिकार क्षेत्रको न्यायिक दस्तावेजका रुपमा लिन सकिने बताउनु भयो ।
यसै गरी कार्यक्रममा पुर्व कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले समुदायमा अहिले पनि जातीय विभेदका घटनाहरु घटने गरेका छन । पीडितहरु न्यायकालागि न्यायालय सम्म पुग्न नसकेका अवस्थामा इन्सेकले जातीय छुवाछुतका मुद्दाहरुलाई समेटनु पर्ने बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…