नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि २०२३ जनवरीदेखि हालसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अर्धवार्षिक पूर्व समीक्षा असार १५ गते मुसिकोट खलंगामा सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्तले इन्सेकले प्रत्येक वर्ष मानव अधिकार उल्लङ्घनका घटना समेटेर वर्ष पुस्तक प्रकाशन गर्दा मानव अधिकारको क्षेत्रमा राज्यका निकायलाई संवेदनशील बनाएको बताउनु भयो । यसबाट जिल्लाभित्र पनि कुन क्षेत्र मानव अधिकारको दृष्टिकोणले संवेदनशील छ भन्ने पनि जानकारी हुने हुँदा सोही अनुसार काम गर्न आफूहरुलाई सहज हुने उहाँले बताउनुभयो । यसवर्ष गतवर्षको तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएपनि जिल्लाको पिछडिएका क्षेत्रबाट यस्ता घटमा बाहिर नआएको पनि हुनसक्ने हँदा त्यस तर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
यसै गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईले मानव अधिकार उल्लङ्घनका घटना हुनुको कारण के हो त्यसतर्फ इन्सेक सँग सँगै बसेर त्यसको निचोड निकाल्नुपर्ने कुरामा जोड दिनुभयो । इन्सेकले मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरेर सराहानीय काम गरेको भन्दै आगामी दिनमा उक्त पुस्तकका लागि आवश्यक घटनाको सत्य तथ्य जानकारी दिन आफूहरु तयार रहेको उहाँले बताउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले ६ महिनामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाहरु प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका घटनामा हत्या एक, धम्की कुटपीट (गैरराज्य पक्षबाट) एक, बालअधिकार अन्तर्गत बलात्कार तथा यौन दुव्र्यवहारका तीन, महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्तर्गत बलात्कार तथा यौन दुव्र्यवहारका पाँच, बहुविवाह एक, घरेलु हिंसा आठ गरी जम्मा १९ ओटा घटना रहेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला बार इकाई रुकुम पश्चिमका अध्यक्ष अधिवक्ता रत्नबहादुर खड्काले मानव अधिकार हननका केही घटना छुट्न गएकोले र केही घटनामा थप अध्यावधिक गर्नुपर्ने देखिएकाले ती घटनालाई समेट्न सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायत गरी २९ जनाको सहभागीता रहेको थियो ।
मनिषा केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार, जलवायु र लैङ्गिक न्याय विषयक वहुपक्षीय संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कायापलट र युथ एड्भोकेसी फोरमको आयोजना साथै राष्ट्रिय मानव अधिकार आयोग, सेभ द चिल्ड्रेन, वल्ड वाइल्ड लाइफ फन्ड, कियोस र अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बालबालिकाद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा सडक नाटक कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा…