नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ को प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा ०८० असार १४ गते खंलगामा सम्पन्न भएको छ ।
सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा २१ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेख भएको तथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले कार्याक्रममा प्रस्तुत गर्नुभयो । जसमध्ये बाल अधिकार एक ओटा, घरेलु हिंसाका १६ ओटा , बलात्कार दुई ओटा, हत्या एक ओटा, बन्द तथा हडताल एक ओटा रहेका छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघराज सोनीले इन्सेकले प्रकासन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले पीडितलाई न्यायमा सहयोग पुगेको र पीडकलाई कारबाही गर्न मदत पुगेकोले नेपालको एउटा महत्वपूर्ण दस्ताबेज भएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादर बिकले कार्यक्रममा समाजमा अझै पनि जातीय विभेदका घटना हुने गरेको र बाहिर तथा सम्बन्धीत निकायसम्म नआउन गरेको बताउनु भयो ।
अधिकार कर्मी लोकेन्द्र सुनारले राजनीतिक तथा अन्य विदवादका घटना मिलापत्रमा टुङ्गिने भएकाले मानव अधिकार क्षेत्रमा काम गर्ने संघ संस्था र राज्यले घटना न्युनीकरणकामा ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सरोकारवाला निकाय, अधिकारकर्मी , पत्रकारहरूको लगायतको सहभागिता रहेको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…