नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १२ गते भोजपुरमा सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२३ को प्रथम ६ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ५९ ओटा घटना अभिलेख गरेको तथ्याङ्क सार्वजनिक गर्नु भएको छ । हत्याका एक, घरेलु हिंसाका ४७, महिला तथा बालिका बलात्कारका ६ र कुटपिटका पाँच ओटा घटना रहेका छन् ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले समाजमा अझै पनि विभिन्न खालका हिंसा हुने गरेकोले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सरदकुमार थापा क्षेत्रीले प्रहरीले समाजमा हुने अपराधिक घटना न्यूनीकरणमा भूमिका खेलिरहेको बताउनु भयो । उहाँले समाजमा मानव अधिकारका विषयमा केही चेतना आएको भएपनि महिला र बालबालिकामाथि हुने गरेको हिंसामा कमी नआएको बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जाल भोजपुर, अध्यक्ष लीलामाया तामाङले पछिल्लो समयमा विभिन्न क्षेत्रबाट मानवअधिकार हनन हुन नदिन भइरहेका प्रयासले समाजमा केही सकारात्मक भावनाको विकास भएको बताउनु भयो ।
समीक्षा कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता थियो ।
गणेश विष्ट
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…