नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा सम्पन्न गरिएको हो ।
जिल्लामा सन् २०२३ को जनवरीदेखि जुनसम्म अर्थात ६ महिनाको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामथि असार १२ गते पूर्व समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, तेहृथुम शाखाका उपाध्यक्ष ठाकुर सेनेहाङले इन्सेक अभियान र इन्सेक अभिलेखीकरणले कतिपय अवस्थामा पीडितले न्याय पाएको बताउनु भयो । उहाँले इन्सेकको तथ्याङ्ग सही हुने भएकाले आगामी दिनमा पनि इन्सेकले आफ्नो साख जोगाउनु पर्ने बताउनु भयो ।
इन्सेक पूर्व प्रतिनिधि छत्रप्रसाद रिमाले मानव अधिकार रक्षाका लागि सबैको प्रयास आवश्य रहेको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकार उल्लङघन तथा ज्यादतीको घटनाको अभिलेखीकरण मात्र नगरे मानव अधिकार संरक्षणका लागि राज्यलाई सहयोग गरिरहेको बताउनु भयो ।
समीक्षामा शान्ति समाजका जिल्ला सदस्य डिकेन्द्र बरालले मानव अधिकारकर्मीहरूले अब आफ्नो अधिकार रक्षाका लागि राज्यसँग जवाफ माग्नु पर्ने बेला आएको बताउनु भयो ।
समीक्षामा जिल्लामा ०७९ पुस १७ गतेदेखि ०८० असार ११ गतेसम्म अभिलेखीकरण गरिएका घटनामा बलात्कारका पाँच ओटा र कुटपिटका दुई ओटा र हत्याको एक घटना सार्वजनिक गरिएको छ । कार्यक्रममा अधिकारकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।
सुरेश खत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…