नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा २०८० असार १३ गते सम्पन्न गरेको छ ।
कार्यक्रममा इन्सेक गोरखा प्रतिनिधिले बालअधिकार अन्तरगत बलात्कार, यौन दुर्व्यवहारका ६ ओटा, महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव तथा दुर्व्यवहारका दुइ ओटा, आत्महत्या दुरुत्साहनको एक ओटा, हत्यका दुइ ओटा, कुटपिट र दुर्व्यवहारका एक ÷ एक ओटा तथा स्वास्थ्य संस्थामा हो हल्लाको एक गरि १४ ओटा घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरले इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनले विगत ६ महिनाका मानव अधिकार उल्लङ्घनको अवस्थाको जानकारी पाउने अवसर पाएको बताउनुभयो । अभिलेख गरेको घटनलाई आधार मानेर घटना न्यूनीकरणमा भूमिका खेल्नुपर्ने उहाले बताउनुभयो । जिल्लामा आत्महत्याका घटनाले ठुलो समस्याको रुपमा देखिएकाले यसको न्यूनीकरणमा जोड दिनुपर्ने रानाले बताउनुभयो । कानुनी विषयमा जनचेतना फैलाउन सकेपनि हिंसा जन्य घटना कम हुने उहाँको भनाइ छ ।
नेपाल बार यसोसियसनका अध्यक्ष देव शर्माले बलात्कार लगायतका घटनामा अदालतबाट सफाई पाएपछि पनि मानव अधिकार वर्ष पुस्तकमा समेट्न सुझाव दिनुभयो । ‘घटना भयो भनेर अभिलेख हुन्छ, सफाई पाइसकेपछि पनि त्यो मानव अधिकार उल्लङ्घन हुन्छ कि हुदैन,’उहाले भन्नुभयो,‘मुद्दा चलेपछिको अवस्थामा मात्र हेरेर अभिलेख भएको देखिन्छ ।’ कुन घटनाका कुन मौलिक हकको हनन भयो त्यसलाई पनि प्रस्टाउनुपर्ने उहाले सुझाव दिनुभयो ।
उमेर नपुगी हुने विवाह तथा अभिभावकलाई चिक्त नवुझेपछि पनि बलात्कारमा मुद्दा दर्ता हुने भएकाले विवाहको हद म्याद लगायतका विषयमा कानुनी सचेतनाको आवश्यकता रहेको अधिवक्ता तथा कानुन ब्यवसायी स्थानेश्वर दवाडीले बताउनुभयो । ‘कानुनी व्यवस्था नवुझ्दा पनि यस्ता घटना घटिरहेका छन्, यस्ता घटनामा कमी ल्याउन चेतना मुलक कार्यक्रम कानुनी ज्ञानका बारेमा आमनागरिकलाई सचेत गराउनु जरुरी छ,’ उहाँले भन्नुभयो ।
मानव अधिकार संगठनका जिल्ला अध्यक्ष दिलवहादुर वस्नेतले समस्या पहिचान गरि समाधानको वाटो खोज्नुपर्ने बताउनुभयो । ‘समाजमा यी घटना कसरी आए भन्ने अध्ययन हुनुपर्छ,’ उहाले भन्नुभयो ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…