नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ११ गते समीक्षा गरिएको छ ।
समीक्षाका क्रममा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको छ ।
इन्सेक सोलुखुम्बुले सन् २०२३ को जनवरीदेखि अभिलेखीकरण गरेको घटनाका आधारमा जिल्लामा घरेलु हिंसाका घटनामा वृद्धि भएको पाइएको छ ।
सन् २०२२ मा २२ ओटा घटना अभिलेखीकरण गरिएकामा इन्सेकले सन् २०२३ को ६ महिनाको अवधिमा ३० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको अभिलेख सार्वजनिक गरेको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सबै भन्दा बढी घरेलु हिंसा र बालिकामाथि हुने बलात्कारका घटना रहेको तथ्याङ्क प्रस्तुत गर्नु भएको छ ।
गत वर्ष नौ ओटा बलात्कारका घटना भएकोमा यो वर्ष ६ महिनाको अवधिमा ११ ओटा बलात्कार र बलात्कार प्रयासका इन्सेकले अभिलेख गरेको छ ।
इन्सेकको तथ्याङ्क अनुसार गत वर्ष १३ ओटा घरेलु हिंसाका घटना भएकामा चालू वर्षको ६ महिनाको अवधिमा १८ ओटा घटना अभिलेखीकरण गरिएको छ ।
सरोकारवालाबिच गरिएको समीक्षामा बाल यौन दुव्र्यवहारका एक, हत्याको एक र गैरराज्यबाट एक ओटा घटना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेकसँग सहकार्य गरी जिल्लामा मानव अधिकार संरक्षणको अभियान सञ्चालन गर्न प्रहरी सधै तत्पर रहेको बताउनु भयो । प्रहरीलाई जानकारी नभएका बिषयमा इन्सेकसँग सहकार्य गरी काम गरिरहेको डिएसपी श्रेष्ठले बताउनु भयो । पीडितसँग पुन भेटघाट कार्यक्रम सुरू गर्न लागिएकाले इन्सेकसँग प्रहरीले सहकार्य गर्ने बताउनु भयो ।
समीक्षामा प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले घटना किन भइरहेका छन् ? घटना न्यूनीकरणका लागि कसकोे भूमिका कस्तो हुनुपर्छ भनेर काम गर्न इन्सेकलाई सुझाव दिनु भयो ।
पत्रकार महासङघ सोलुखुम्बु, शाखाका अध्यक्ष नुतन श्रेष्ठले पत्रकार, इन्सेक र सरकारी निकाय सबैको पहलमा मानव अधिकार हननका घटनालाई न्यूनीकरण गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांशले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गरेका छन् ।
मानव अधिकार उल्लङ्घनाका घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको अधिकारकर्मीले बताएका छन् ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, मानव अधिकारकर्मी र पत्रकारलगायतको सभागिता रहेको थियो ।
अञ्जु कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…
बाल विवाहको उमेर नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाल विवाहको उमेर हद नघटाउन माग गर्दै सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मानव अधिकारकर्मी र महिला मानव अधिकारकर्मी, नागरिक समाज तथा मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक लगायत विभिन्न संघ…