नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोट आयाेजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलित घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा असार ९ गते सम्पन्न भएकाे छ ।
इन्सेक जाजरकोट जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठले सन् २०२३ जनवरी देखि जुन सम्म सङ्कलन गरेको घटनाको तथ्याङ्क अनुसार कर्तव्य ज्यानको एक ओटा, हत्या प्रयासको एक ओटा, बलात्कारको एक ओटा, बहुबिवाहको एक ओटा, आत्महत्या दुरुत्सानको दुई ओटा, कुटपिटको एक ओटा, कुटपिट राज्यपक्ष बाट एक ओटा, अभद्र व्यवहारको तीन ओटा र महिला तथा घरेलु हिंसाको छ ओटा घटना समेत गरी १७ ओटा घटनाको विवरण पुर्व समिक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
अर्ध बार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर नविन चुदालीले साइवर क्राइम र लागू औषधका कारण अपराध बढिरहेको बताउँदै मानव अधिकार हनन् हुन नदिन प्रहरी संवेदनशील रहेकाले समुदायसँग साझेदारी गर्दै यस्ता घटनाको नियन्त्रणमा प्रहरी लागिरहेको बताउनु भयो । प्रहरीले दिनरात दुख गरेर गिरफ्तार गरेको कतिपय अपराधीलाई अदालतले सामान्य धरौटीमा छाडिदिने र ती अपराधी पुन अपराध कर्ममा लाग्ने समस्याले जकडिएको भन्दै उहाँले कानुन बलियो बनाउँदै कार्यन्वयनमा जानुपर्ने बताउनु भयो ।
त्यस अवसरमा नेपाल बार एशोसियन जाजरकोटका सदस्य सहदेव जंग शाहले इन्सेकले मानव अधिकारका घटनाको अवस्थाको तथ्याङ्क सङ्कलन र राज्यलाई सुझाव दिने विषयमा दायरा फराकिलो पार्दै जानु पर्नेमा जोड दिनुभयो । शाहले भन्नु भयो जिल्लामा घटेका घटना अझैखल्न नसकेको अवस्था छ कतिपय मिलाउन नमिल्ने घटना पनि गाउँमै मिलाएको अवस्था छ जुन विषयलाई वर्षपुस्तक मार्फत पुन कानुनी दारामा ल्याउनु पर्ने छ ।
कार्यक्रममा नेत्रहिन संघ जाजरकोटका अध्यक्ष ठगेन्द्र विकले अहिलेपनि समाजमा आपाङ्ग र दलित समुदाय विभेदमै परेको र विभेद बाट अन्त्य हुनका लागि सरोकार निकायलाई घच्घच्याउन सबै एकजुट हुन जरुरी रहेको बताउनु भयो ।
त्यसै गरी मानव अधिकार रक्षक सञ्जालका संयोजक राजेन्द्र विक्रम शाहले राजनीतिक हस्तक्षेपका कारण पीडित पक्षले न्याय पाउन नसकेको र भागिविवाहलाई जबरजस्तीकरणीमा परिणत गरिने, घरपरिवारको सहमति भए पनि प्रहरीको डरले मुद्दा दर्ता गर्नु पर्ने कारण हिंसा बढिरहेको र नगरपालिकाले सेफ हाउस सञ्चालनमा सहयोग नगरेका कारण पीडित महिलाको संरक्षणमा समस्या हुने गरेको बताउनु भयो ।
अर्ध वार्षिक समीक्षा कार्यक्रममा महिला तथा पुरुष समेत गरी २१ जनाको सहभागीता रहेको थियो ।
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार, जलवायु र लैङ्गिक न्याय विषयक वहुपक्षीय संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कायापलट र युथ एड्भोकेसी फोरमको आयोजना साथै राष्ट्रिय मानव अधिकार आयोग, सेभ द चिल्ड्रेन, वल्ड वाइल्ड लाइफ फन्ड, कियोस र अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बालबालिकाद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा सडक नाटक कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा…