नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम असार ५ गते खोटाङमा सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षामार्फत सरोकारवालाबिच मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।
समीक्षामा इन्सेकले जिल्लामा अभिलेखीकरण गरेका कुटपिटका चार ओटा, घरेलुहिंसाका आठ ओटा, यौन दुर्व्यवहारका चार ओटा र बलात्कारपछि हत्याको एक ओटा घटना सार्वजनिक गरेको छ ।
इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सरोकारवालाहरुबाट सुझाव सङ्कलनका लागि अर्ध वार्षिक समीक्षा गरिएको इन्सेक प्रतिनिधिले बताउनु भयो ।
समीक्षा कार्यक्रममा जिल्लामा रहस्यमय मृत्यु घटनामा पीडितलाई न्यायका लागि पहल गर्न आग्रह गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई ज्ञापनपत्र बुझाएको विषयमा सरोकारवालाबिच छलफल गरिएको छ ।
समीक्षामा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई इन्सेकले मानव अधिकार संरक्षण र सुरक्षाका लागि गरेको कार्य महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले इन्सेकले पीडित परिवारलाई न्यायका लागि उठाएको विषयमध्ये ०७५ साउन ४ गतेको रहस्यमय मृत्यु घटनाकी पीडित देवीमाया विकको घटना न्यायिक प्रक्रियामा रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकार सेढाईले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथिको समीक्षा कार्यक्रमलाई वडास्तरमा लैजान सकेको खण्डमा सचेतना बढ्ने बताउनु भयो ।
जिल्ला समन्वय समिति प्रमुख सनवहादुर राईले यौन शिक्षालाई विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार जन्मसिद्ध अधिकार भएकाले सबैले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन भयो वा भएन भनेर ख्याल राख्नुपर्ने बताउनु भयो ।
समीक्षामा इन्सेकले स्थानीय तहले निमार्ण गर्ने भौतिक संरचना अपाङ्गमैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिले सरकारी सेवा प्राप्त गर्न सकस भएको विषयलाई सरोकारवालाहरूबिच उठान गरेको छ ।
कार्यक्रममा राट्रिष्य मानव अधिकार आयोग, खोटाङ प्रमुख गीता दाहालले इन्सेकसँग आयोगले सधैँ समन्वय र सहकार्यका आधारमा मानव अधिकार अभियानलाई अघि बढाएको बताउनु भयो । उहाँले जिल्लामा कारागारको अवस्था ठिक नभएकाले कारागारलाई व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मकारुङले खोटाङ प्रहरीले प्रदेशमै पहिलो पटक पीडित पुन भेटघाट कार्यक्रमको सुरूआत गरी मानव अधिकारको सवाललाई फरक ढङ्गले सम्बोधनको थालन गरेको बताउनु भयो । जिल्लामा गएको वर्ष प्रहरीको अभिलेख अनुसार २ सय बढी घटना भएकामा यस वर्ष १ सय ५७ ओटा घटना अभिलेखीकरण भयो बताउनु भयो ।
डिएसपी मकारूले प्रहरीले सामाजिक सचेतनाका २ सय ओटा कार्यक्रम गर्नुपर्ने भएपनि जिल्लामा ३४ ओटा प्रहरी युनिट परिचालन गरी ८ सय बढी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दा समाजमा सकारात्मक सन्देश गएको बताउनु भयो ।
जिल्ला कारागारका जेलर आन्नद विष्ट कारागारमा शुद्ध खानेपानीको अभाव रहेको बताउनु भयो । उहाँले कैदीबन्दीले खुल्ला मुहानको पानी खानुपर्ने अवस्था रहेकाले पानीको शुद्धीकरण व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह इन्सेक अभियानले समाजमा जनचेतना जगाएको बताउनु भयो ।
पत्रकार महासङ्घ, खोटाङ शाखा अध्यक्ष दीलिप खत्रीले इन्सेकले मानव अधिकार रक्षक पत्रकारलाई आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनु भयो । उहाँले आर्थिक अभावका कारण उपचारमा समस्या पर्नु भएका पत्रकार बद्री आर्चायलाई इन्सेकले आर्थिक सहयोग गरेको बताउनु भयो ।
अपाङ्ग सेवासङ्घका दिक्तेल नगर अध्यक्ष उमेश आचार्यले अपाङ्गता भएका व्यक्तिले अझै परिचयपत्र पाउन समस्या रहेको बताउनु भयो । उहाँले स्थानीय तहले निर्माण गरिरहेका संरचना अपाङ्गमैत्री नभएको त्यसतर्फ तीन ओटै सरकारको ध्यान जान आश्यक रहेको बताउनु भयो ।
समीक्षामा मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
तारानाथ फुयल
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग १० हजार रुपियाँ प्रदान गरेको…
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्न प्रतिबद्ध छुःमन्त्री सार्की
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १८…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १६ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष कौशकी यादवले मानव…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
१६ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ असोज १३ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाइ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ असोज १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनी…