नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा नुवाकोटबाट समेटिने घटनाको पूर्व वार्षिक समीक्षा पुस १२ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जिल्लामा २०२२ जनवरीदेखि डिसेम्बरसम्म इन्सेकले अभिलेख गरेको घटनाको विवरण प्रस्तुत गर्नु भएको थियो ।
जसमा बलात्कारका १५ ओटा, बलात्कार प्रयासका ६ ओटा, हत्याका सात ओटा, बहुविवाहका चार ओटा, मानव बेचविखन एक ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मानव अधिकारको संवर्द्धन गर्नको लागि सरकारी निकायहरू चनाखो हुनु पर्ने बताउनु भयो ।
प्रजिअ रिसालले मानव अधिकारको क्षेत्र फैलिँदै गएको र विकास, वातावरण, कृषि लगायतका क्षेत्रका अधिकारलाई स्थापित गराउन राज्यको स्रोतसाधान अभावले समस्या सिर्जना गरेको बताउनुभयो ।
उहाँले समुदायस्तरमा हुने गरेको महिलामाथि हुने हिंसाका घटनाहरू कानुनी उपचारको लागि आउन नसकेकोले स्थानीय तहहरूले पीडितहरूलाई कानुनको पहुँचमा ल्याउन भूमिका खेल्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता टेकराज भुसालले पीडितको क्षतिपूर्ति सहितको न्याय र प्रतिवादीको आधारभूत अधिकारबाट वञ्चित हुन नदिई काम गरिरहेको बताउनुभयो ।
उहाँले राज्यले न्यायमा सबैको पहुँच होस् भनेकोले न्यायमा सबै वर्गको समान पहुँचको लागि सरकारी निकायसँगै नागरिक समाज र सङ्घसंस्थाहरू पनि क्रियाशील हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले पीडित होस्टाइल हुने कारणले गर्दा न्याय प्रभावित हुने गरेको बताउनुभयो ।
उहाँले पहिले पीडित भएँ भनेर आउने र पछि होइन भन्दा मुद्दा कमजोर हुने र पीडकको पक्षमा फैसला हुने गरेकोले पीडितलाई होस्टाइल हुनबाट रोक्ने सरोकारवाला सबैले ध्यान दिनु पर्ने बताउनुभयो ।
नेपाल बार एसोसिएसन नुवाकोटका सहासचिव गरिमा पाण्डेले मानव अधिकारको क्षेत्रका इन्सेकको तथ्याङकको प्रशंसा गर्दै मानव अधिकार हननका घटना न्युनीकरण गराउन अधिकारको विषयमा सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनाल, गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष गोकर्ण नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का अध्यक्ष मुकुन्द नेपाल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…