नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १० गते जलेश्वरमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा परिवारजन र व्यक्ति हत्याका १० , बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार ४०, मानव बेचबिखन तथा ओसार पसारका १, बहु बिवाह १३, बाल विवाह एक, प्रहरीको गोली प्रहारबाट दुईजना घाइते गरि जम्मा ६४ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला समन्वय समितीका संयोजक सुमन कर्णले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै समन्वय समितीबाट हुने सहयोगमा प्रतिवद्धता जनाउनु भयो । जिल्लाको ग्रामिण क्षेत्रमा हुने विभिन्न प्रकारको मानव अधिकार उल्लंघनका घटनाहरुलाई इन्सेकले निगरानी गर्न आवश्यक देखिएको सुझाव संयोजक कर्णले दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी महिला सेलका इन्चार्ज भरत ठाकुरले महिला हिंसा, घरेलु हिंसा सम्बन्धी घटना भएको थाहा पाएमा सूचना दिन आग्रह गर्नु भयो ।
महिला अधिकारकर्मी तथा वोरेक महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले हिंसामा परेका पीडितलाई न्यायको विन्दु सम्म पुर्याउन सहयोग निरन्तर जारी राख्नु पर्ने बताउनुभयो ।
महिला मानव अधिकार रक्षक महोत्तरीका अध्यक्ष काजल नागवंशीले मानव अधिकार उल्लंघनका घटनाहरू सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले वर्ष पुस्तकमा अभिलेखिकरण गर्दा राज्य पक्ष र गैरराज्य पक्षबाट हुने घटनाहरुलाई आम नागरिहरूका लागि दस्तावेज रुपमा अनुभूति भइरहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यवाहक अध्यक्ष सुनिता बरालले इन्सेकले समय समयमा गर्ने यस प्रकारको कार्यक्रम मार्फत जिल्लाको मानव अधिकार अवस्थाबारे छलफलको वातावरण बनेको बताउनु भयो । अध्यक्ष बरालले पछिल्लो समय जिल्लामा आत्महत्या चुनौती बन्दै गइरहेकोले आत्महत्या न्यूनीकरणको पहल हुनु पर्नेमा जोड दिनुभयो ।
पत्रकार रंजन भण्डारीले महोत्तरीमा भई रहेको विभिन्न खाले महिला तथा घरेलु हिंसा रोकथामको लागि ग्रामिण भेगहरु सम्म संजाल विस्तार गर्न आवश्यक रहेको सुझाव व्यक्त गर्नुभयो।
महिला अधिकारकर्मी साधना बर्माले जिल्लामा अधिकारकर्मी र यस क्षेत्रमा काम गर्ने बीच एकिकृत भएर आवाज र कदम चाल्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले अधिकारकर्मीहरुलाई पनि बेला बेलामा नयाँ नितिनियम र कानुनको आवश्यक जानकारीको लागि अभिमुखिकरण कार्यक्रमको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न संघसंस्था, संचारकर्मी, अधिकारकर्मी लगायतका उपस्थिती रहेको थियो ।
अजयकुमार साह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा चितवनको ईच्छाकामना गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ईच्छाकामना गाउँपालिका-४…
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…