नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि वार्षिक समीक्षा गोष्ठी चन्द्रनिगाहापुरमा सम्पन्न गरिएको छ ।
समीक्षा गोष्टिमा इन्सेक प्रतिनिधि कोपिला तिमल्सिनाले सन् २०२२ मा अभिलेख गर्नु भएको ६९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा यस वर्ष बलात्कार घटनामा २८, बलात्का प्रयास घटनामा तीन, कुटपिट ११, हत्या नौ, अपहरण शरिर बन्धक र शलात्कार सात, वोक्सीको आरोपमा एक, अप्राकृतिक मैथुन एक, अपहरण बलात्कार दुई, अपहरण शरिरबन्धक चार, बाल यौन दुव्र्यवहार एक, मानव वेचविाखन, अपहरण शरिरबन्धक बलात्कार एक जना पीडित भएका छन् ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगहापुरका प्रमुख झलेन्द्र प्रसाद चापागाइले प्रस्तुत प्रतिवेदनमा जिल्लाको मानव अधिकारको अवस्थालाई मसिनो ढङ्गले केलाएको बताउनु भयो । ग्रामिण तहमा भइरहेको धेरै मानव अधिकारसँग सम्बन्धित घटना बाहिर आउन नसकेको उहाँले उल्लेख गर्नु हुँदै शिक्षामा लगानी नभएसम्म यस्ता घटनामा कमी आउन नसक्ने बताउनु भयो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवालले इन्सेकले अभिलेख गरेको घटनाहरु विश्वसनीय रहेको बताउनु भयो । नागरिकता र विवाह गर्ने उमेरले गर्दा बालबालिकाको विभिन्न कामसँग जोडिएको उमेरको फरक फरक मापदण्डका कारणले बालिकामाथि हिंसाको गतिविधि बढेको उहाँको भनाई थियो ।
चन्द्रपुर नगरपालिकाका बालकल्याण अधिकारी चन्द्रकला बरालले बालबालिकामाथि चन्द्रनिगहापुरमा धेरै घटना हुने गरेको तर घटनाको अभिलेख नगरपालिका तथा संघ संस्थाहरुसँग नरहेको बताउनु भयो । तर, घटनाको अभिलेख गरेर सरोकारवाला निकायका बिच एक कार्यक्रमको आयोजना गरी इन्सेकले गरेको यस कार्यलाई उहाँले धन्यवाद दिनु भयो ।
समाज सेवी रोहित चौधरीले पीडितको न्याय निकायसम्म पहुँच नभएकोले पीडितहरुको नि:शुल्क कानुनी सहायता कक्ष हुनुपर्नेमा जोड दिनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार, जलवायु र लैङ्गिक न्याय विषयक वहुपक्षीय संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कायापलट र युथ एड्भोकेसी फोरमको आयोजना साथै राष्ट्रिय मानव अधिकार आयोग, सेभ द चिल्ड्रेन, वल्ड वाइल्ड लाइफ फन्ड, कियोस र अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बालबालिकाद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा सडक नाटक कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा…