नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इन्सेक सर्लाहीको अयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मलङ्गवामा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बुधन साहले सर्लाही जिल्लामा सन् २०२२ को जनवरीदेखि हालसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो
प्रतिवेदनमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटना आठ ओटा, हत्याका घटना सात ओटा, महिला हिंसा, यौन दुव्यवहारका घटना १० ओटा, बलात्कारका घटना सात ओटा, बलात्कार प्रयासका घटना दुई ओटा, झडप तथा कुटपिट भएको घटना सात ओटा, तोडफोड भएको घटना तीन ओटा, अपरिचित व्यक्तिबाट गोली प्रहारको घटना तीन ओटा, अपहरणको घटना एक ओटा तथा नौ ओटा बलात्कार लगायतका घटना जिल्ला अदालतबाट फैसला भएको जम्मा ५६ ओटा घटनाहरु सङ्कलन गरिएकोे छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यक्रममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेकोले सो कार्य सरहानीय रहेको जिल्ला प्रशासन कार्यालय मलङ्गवाका सहायक प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । साथै इन्सेक प्रतिनिधिले जिल्ला भरिको स्थानीय तहसम्म पुगेर यस्ता घटनाह बारे जनता समक्ष सचेतना कार्यक्रम गर्न सल्लाह दिनुभयो ।
पत्रकार बक्तियार अलिले जिल्लामा भएका कतिपय मानव अधिकार उलङ्घनसँग जोडिएका खास गरि शिक्षाको अधिकारका घटनाहरु छुटेकोले नछुटोस भनी सल्लाह–सुझाव दिनु भयो ।
न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न सकेमा पीडित पक्षले सहज तथा छिटोछरितो न्याय पाउन सक्ने साथै पत्रकार, महिला, बालबालिका तथा मानव अधिकार संरक्षक सम्पूर्ण सङ्घ–संस्थाहरुमा ऐक्यबद्ध भएर काम गर्नुपर्ने महिला पुर्नस्थापना केन्द्र (ओरेक नेपाल) की जिल्ला संयोजक देव कुमारी महराले बताउनु भयो ।
इन्सेकले गरेका कार्यक्रमहरु एकदमै सराहनीय रहेको साथै जिल्लामा हुने गरेका महिला हिंसा, बालविवाह, बहुविवाह लगायतका घटनाहरु न्युनिकरण गर्न हुने पहल गर्ने भने नेकपा एमालेका जिल्ला अध्यक्ष श्री राजानारायण साहले बताउनु भयो ।
इन्सेकको वार्षिक समीक्षा सन्तोषजनक रहेको र मानव अधिकारकर्मीहरू तथा मानव अधिकारको क्षेत्रमा कार्य गर्ने सङ्घ–संस्थाहरुले दोषीलाई कानुनको दायरा भित्र तथा पीडितलाई न्यायको प्रक्रियामा ल्याउनको लागि सहजिकरण गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण पोखरेलले प्रतिबद्धता जनाउनु भएको छ । कतिपय घटना हामी कहाँ नआउने गरेको पनि उहाँले बताउनु भयो ।
इन्सेक नेपालले गर्दै आएको कार्यक्रमहरु हृदयदेखि नै धन्यवाद योग्य रहेको वार्षिक समीक्षा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंहले बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…