नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इन्सेक प्यूठान अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ८ गतेसम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको अवस्था चित्रण गर्ने दस्तावेजकोरुपमा रहेको बताउनु भयो ।
प्रजिअ नेपालले इन्सेकले घटना सङ्कलन गरी प्रकाशन गर्ने मानव अधिकार उल्लङ्घनका घटनाहरूले पीडकलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिन सहयोग पुगेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रबिन्द्र पाण्डेले जिल्लामा सन् २०२२ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका ४० वटा घटना प्रस्तुत गर्नु भएको थियो । जस मध्ये अमानवीय व्यवहार एक, झडप दुई, यौन दुर्व्यवहार चार, बलात्कार ६, हत्या दुई र घरेलु हिंसा २५ वटा रहेका छन् ।
कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, अधिकारकर्मी र पत्रकारहरूको उपस्थीति रहेको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…