नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लाको मानव अधिकारको अवस्थाको यर्थातरुपमा चित्रण गरिएको बताउनु भयो । प्रजिअ पोखरेलले स्थानिय तहमासमेत समन्यव गरी समाजमा भएका घटनाहरुलाई वाहिर ल्याउनु पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी ऋषिराम कंडेलले इन्सेकले सङ्कलन गर्ने घटनालाई जिल्लाका स्थानीय तह अनुसार वर्गीकरण गर्दै तथ्याङ् प्रस्तुत गर्नुपर्ने सुझाव दिनु भयो ।
इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले १ सय २७ वटा घटना प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनामा परिवारजनबाट हत्या तीन, परिवारजनबाट हत्या प्रयास चार, आत्महत्या दुरुत्साहन दुई, बालिका बलात्कार तथा बलात्कार प्रयास ११, बाल आत्महत्या दुरुत्साहन एक, महिला बलात्कार तथा बलात्कार प्रयास पाँच, बहुविवाह तीन, अपहरण तथा शरिर बन्धक एक, मानव बेचबिखन तथा ओसारपसार एक, अपराध एक, जातीय विभेद एक, बेपत्ता पारिएको एक र घरेलु हिंसा ९४ रहेका छन् ।
नारायण पराजुली
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…