नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २५ गते सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको छ ।
इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर महिनाको अवधिमा जिल्लामा ४६ ओटा मानव अधिकार तथा ज्यादतीका घटना भएको पाइएको छ ।
इन्सेक अभिलेखका जिल्लामा एक वर्षको अवधिमा घरेलु हिंसाका ३० ओटा, बलात्कार घटनामा चार जना महिला र आठ जना बालिका, बोक्सीको आरोपमा कुटपिट एक जना महिला, हत्या एक जना महिला, कुटपिट एक ओटा, राज्य पक्षबाटको घटनामा एक जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा बलात्कार घटनामा बालिका सबै भन्दा पीडित भएका छन् । पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना बढ्दै गएकोमा समीक्षा कार्यक्रममा सहभागीहरूले चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलेले भन्नुभयो– मानव अधिकार उलङ्घनका घटना रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक छ । अन्र्तराष्ट्रिय कानुनको पक्ष राष्ट्रमा हस्ताक्षर गरेको नाताले हामी मानवले स्वतन्त्रता,आधारभूत अधिकार प्राप्त गर्नु हाम्रो नैर्सगिक भएको प्रमुख शाक्यले बताउनु भयो । उहाँले हिंसा अन्त्य गर्न पहिले हामीले आफ्नै घरबाट सुरू गर्नुपर्ने शाक्यले बताउनु भयो । पछिल्लो समय न्यायलयबाट समेत मुद्दा प्रक्रिया ढिला हुदाँ पीडित झन पीडामा पर्नु परेको समन्वय प्रमुख शाक्यले बताउनु भयो ।
कानुनको पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा श्रेष्ठले बताउनु भयो । न्यायिक समितिमा घरेलु हिंसा, लेनदन र बोक्सीको आरोपमा उजुरी परेपनि छलफल र मिलापत्रमा ल्याउन समस्या भएको उपप्रमुख श्रेष्ठले बताउनु भयो ।
खाँदबारी नगरपालिकाको न्यायिक समितिले वडावडामा मेलमिलावकर्ता राखेर समेत मेलमिलाप गरिरहेको उपप्रमुख श्रेष्ठले बताउनु भयो ।
समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले प्रहरी प्रशासन, स्थानीय तहसँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिनु भएको छ ।
भविन कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आयोजना गरेको बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम ०८० जेठ २६ गते हेटौँडामा सम्पन्न भएको छ…
हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०८० जेठ २५ गते हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बागमती प्रदेशमा भएको मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई कसरी कम…
बागमती प्रदेश प्रहरी प्रमुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल
बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २५ गते मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयमा…
प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक सम्पन्न
सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक जेठ २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बालबालिकाहरु मानसिक, शारीरिक र सम्बेगात्मक…
मानव अधिकार समूहद्वारा ध्यानाकर्षण-पत्र हस्तान्तरण
कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले मानव अधिकारका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न पाँच बुँदे मागसहित गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई भेटी जेठ २४ गते ध्यानाकर्षण–पत्र बुझाएको छ । गाउँपालिका क्षेत्रमा देखिएका…