नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ ।
जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेरम्वरसम्ममा २० ओटा मानव अधिकारसँग सम्बन्धित घटनामा २१ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २३ गते सरोकारवालबिच सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० ओटा घटनामा ३० जना पीडक छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि जिल्लामा इन्सेकले अभिलेखीकरण गरेको गरेको घटनाबारे पृष्ठपोषण तथा सुझाव सङ्कलनका लागि वार्षिक समीक्षा सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको घटनामा बलात्कार ११ ओटा, बाल यौन दुर्व्यवहारका दुई ओटा, बलात्कार तथा मानव वेचविखनका एक ओटा, स्वास्थ्यकर्मी तथा जेष्ठ नागरिकमाथि कुटपिट एक-एक ओटा, हत्याका तीन ओटा र बहुविवाहका एक ओटा घटना छन् ।
१० वर्षमाथि १८ वर्षमुनिका पाँच जना बालक बलात्कार (बालविज्याँई) आरोपमा प्रहरी नियन्त्रणमा छन् । तीमध्ये दुई जना बालकलाई अदालतको आदेश बमोजिम क्रमश ०७८ चैत २२ गते र ०७९ वैशाख २९ गते बालसुधार गृह पठाएको पाइएको छ ।
इन्सेक प्रतिनिधिका अनुसार परिवारकै सदस्य, चिनजान भएका आफन्त तथा अपरिचित व्यक्तिबाट बालिका तथा महिला बलात्कृत भएका छन् ।
जिल्लामा यो वर्ष चार वर्षीया बालिकादेखि ७७ वर्षीया जेष्ठ नागरिक पीडित भएका छन् । जिल्लामा सबै स्थानीय तह मिलेर तत्काल सेफ हाउस संञ्चालन हुनुपर्ने खाँचो औल्याएको छ ।
इन्सेक प्रतिनिधिले कार्यक्रममा ‘बलात्कार पीडित आधा दर्जन बढी बालिका तथा महिला अहिले पनि विभिन्न सेफ हाउसमा रहेको बताउनु भयो ।
नौ वर्षीया बालिका सामूहिक रूपमा बलात्कृत हुनु र १४ वर्षीया बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको घटना स्मरण गराउँदै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा इन्सेकले जोड दिएको छ ।
समीक्षा कार्यक्रममा जिल्ला न्यायाधीश निर्मला योङयाले जिल्लामा बालिका र महिला पीडित भएको घटना पाइएको बताउनु भयो । घरमा पति र पत्नीबीच झगडा भएर बेमेल बढ्ने र अदालतमा सम्बन्धविच्छेद गरेर टुङ्गो लगाउने गरेको न्यायाधीश योङयाको भनाइ छ । चालु आर्थिक वर्षमा जिल्ला अदालतमा ८९ थान मुद्दा सम्बन्ध बिच्छेदको दर्ता भएको छ ।
फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमोदेवी ओझाले स्थानीय तहको न्यायिक उपसमितिमा २ सय ९५ ओटा उजुरी दर्ता भएको बताउनु भयो । उपप्रमुख ओझाले ‘पति समेत पत्नीबाट हिंसामा परेको निवेदन परेको बताउनु भयो ।
समीक्षा कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदीले मानव अधिकारको विषय भेग भएकाले निरन्तर छलफलमा हुनुपर्नेमा जोड दिनु भएको छ ।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको क्रममा सचेतनामुलक कार्यक्रम गर्नुका साथै बाँकी दिनमा समेत निरन्तर कार्यक्रम गर्ने बताउनु भएको छ ।
समीक्षा कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख, विभिन्न महिला समूहका प्रतिनिधि र पत्रकारको सहभागिता थियो ।
देवराज गुरूङ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…