नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले सन् २०२२ जनवरी देखि जुनसम्म ६ महिनाको अवधिमा जिल्लामा सङकलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भयो ।

जसमा हत्या प्रयास एक, बालिका बलत्कार र बलत्कार प्रयास नौ वटा, अपहरण तथा शरिर बन्धक एक , महिला अधिकार अन्र्तगत बलत्कार र बलत्कार प्रयासका आठ वटा, बहु विवाह दुई जातिय विभेद एक र घरेलु हिंसाको ४८ वटा  गरी जम्मा ७० वटा घटना भएको तथ्यांक प्रस्तुत गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सत्य तथ्य र अझ बढी यथार्थमा आधारित भई स्थानीय तहसँग समन्वय गरी घटना सङकलन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रहरी, प्रशासन, पत्रकार, नागरिक समाज, अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

नारायण पराजुली