नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेक रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूव अर्ध वार्षिक समीक्षा असार ८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो ।
कार्यक्रममा संविधान सभा सदस्य तथा अधिकारकर्मी विनोद पहाडीले इन्सेक मानव अधिकारको क्षेत्रमा काम गर्ने अग्रहणी संस्था भएकोले इन्सेकले गरेको अभिलेखले सन्दर्भ सामग्रीको रुपमा प्रयोग हुने गरेको बताउनु भयो ।
इलाका प्रशासन कार्यालय बुटवलका प्रशाशकीय अधिकृत धुव्र नेपालले आम नागरिकलाई मानव अधिकारको संरक्षण, सम्बद्र्धन र परिपूर्ति गर्ने कार्य राज्यको भएकोले आफूहरू सम्वेदनशील भएर अगाडी बढेको बताउदै मानव अधिकारमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा क्रमिकरुपले सुधार गर्दै लगेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत इन्द्रजीत सहानीले इन्सेकले गरेका सबै अभिलेखहरू महत्वपूर्ण भएको बताउदै आप्रवासीहरूको अधिकारको सन्दर्भमा पनि अभिलेख राख्न इन्सेकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले इन्सेकले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दे आइरहेकोले नागरिकसँग प्रत्यक्ष जोडिएका विषयहरु शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमा समेत इन्सेकले काम गर्नुपर्ने बताउनु भयो ।
लेखक विश्लेषक अधिवक्ता युवराज कंडेलले शिक्षा, स्वास्थ्य जस्ता विषयमा राज्यको संवेदनशिलता नभएकोले त्यसको विषयमा इन्सेकले सुक्ष्म अनुगमन गरेर सम्बन्धित निकायलाई जवाफदेही बनाउन आग्रह गर्नुभयो ।
इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसीले ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरेका घटना र तथ्यांक प्रस्तुत गर्नु भयो ।
प्रस्तुत तथ्यांकमा उक्त अवधिमा २ सय ५३ ओटा मानव अधिकार उल्लंघन र ज्यातदीका घटना मध्ये घरेलु हिंसाका २ सय ११ ओटा, बालिका बलात्कार र यौन दुर्व्यवहारका २१ ओटा, महिला बलात्कार र बलात्कार प्रयासमा १६ ओटा, अपहरण तथा शरीर बन्धक एउटा, जवरजस्ती गर्भपतन एउटा, बहुविवाह तीन ओटा रहेका छन् ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, पत्रकार, नागरिक समाजलगायत २७ जनाको सहभागिता रहेको थियो ।
रीमा बिसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा…
मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड…
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…