नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा पुस १७ गते सुर्खेतको वीरेन्द्रनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सुर्खेत जिल्लामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक फोकल पसर्न दुर्गा थापाले सन् २०२१ मा जिल्लामा घटेका घटनाहरूको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जस अन्तर्गत हत्या १, बाल अधिकार अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहार ७, बम विस्फोटन १, कुटपिट ५, मानव वेचविखन प्रयास १ र घरेलु हिंसाका ६० गरेर ७५ ओटा घटना समेटीएका छन् ।
कार्यक्रममा सहभागि सरोकारवाला निकायका व्यक्तिहरूले स्थानीय तहमा भइरहेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना नछुटाई प्रकाशनमा ल्याउन सुझाव दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायव सुब्बा यामबहादुर अधिकारीले दुई आर्थिक वर्षमा सङ्कलन गरिएका घटनाहरूको तुलनात्मक अध्ययनसहितको प्रतिवेदन भएको भए अध्ययन गर्न सहज हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर नन्दराज जोशीले स्थानीय तहमा भइरहेका घटना छुटेको भन्दै सबैलाई समेट्न आग्रह गर्नुभयो ।
गैर सरकारी संस्था महासंघ केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसीले इन्सेकले व्यवस्थित अभिलेख राखेको भन्दै भएका घटना नछुटुन भन्नको लागि थप ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार खड्काले अपाङ्गता भएका व्यक्तिहरूसँगका सम्बन्धित घटनाहरू पनि अभिलेखमा समेट्न सुझाव दिनुभयो ।
आवाज संस्थाकी मनोसामाजिक परामर्शकर्ता निशा पौडेलले सामूहिक बलात्कारका घटना अभिलेख गर्न छुटेकोले समेट्न आग्रह गर्नुभयो ।
बार एसोसियशन सुर्खेतका कोषाध्यक्ष गिता कोइरालाले महिला र बालिका माथि भएको हिंसाको घटना छुटेको औँल्याउँदै विशेषगरी यौनजन्य हिंसाका घटनामा बृद्धी भएको भनाइ राख्नुभयो ।
दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नाराण विकले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार अन्तर्गतका घटना र जातीय विभेदका घटनालाई पनि प्रतिवेदनमा समेट्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेश तिमल्सिनाले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अवस्थाको बारेमा तीस वर्षदेखि वार्षिक रूपमा अभिलेख गर्दै आएको र जसको आधारमा केहि पीडितले न्याय प्राप्त गर्नुका साथै कतिपय कानुन निर्माण तथा संशोधनका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नु भयो ।
अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यवसायीको सहभागित रहेको कार्यक्रमको अध्यक्ष इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले गर्नुभएको थियो ।
पूर्णबहादुर खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…