नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सप्तरीमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठी पुस १६ गते राजविराजमा सम्पन्न गरिएको छ ।
सप्तरीमा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा आठ हत्यासहित ९४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समेटिएको छ ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा यस अवधिमा आठ जनाको हत्या, आत्महत्या दुरुत्साहनका तीन, बालिका बलात्कारका १६, बाल यौन दुव्र्यवहारका नौ, महिला बलात्कारका नौ, महिला बलात्कार प्रयासका नौ, बहुविवाहका नौ घटना समावेश गरिएको छ ।
त्यसैगरी बालविवाहको एक, बेचबिखनको एक, अपहरणको एक, गैरकानुनी थुनाको एक, अमानवीय व्यवहारको एक, घरेलु हिंसाका ६ लगायतका घटना प्रतिवेदनमा समेटिएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले न्यायको अनुभूतिका लागि फैसला कार्यान्वयन महत्वपूर्ण पक्ष रहेको बताउनु भयो । समाजमा सही सन्देश पठाउन पनि झुठा उजुरी गर्नेलाई सजाय गर्न थालिएको उहाँले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकार र न्यायका लागि एक÷दुई ओटा निकायको मात्र मुख ताकेर सम्भव नहुने बताउनु भयो ।
सबैले आ–आफ्नो भूमिका खेल्नुपर्ने बताउँदै उहाँले गलत र झुठा उजुरीलाई दुरुत्साहन गर्नु पर्नेतर्फ सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम
सम्बन्धित इन्सेक गतिविधिहरू
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…
घरेलु हिंसा तथा लैंङ्गिक विभेद अन्त्यका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न
घरेलु हिंसा तथा लैङ्गिक विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि जिल्लाको दलित बस्तीमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेक कालिकोट र मानव अधिकार रक्षक सञ्जालको आयोजनामा घरेलु हिंसा…