नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते सम्पन्न भयो ।
समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवालाहरूले मानव अधिकार उलङ्घनका घटनामा कमी देखिए पनि अपराध तथा युवा दुर्व्यसनीका घटनामा कमी नआएकोले विद्यमान ऐन कानुनका प्रावधान र मानव अधिकार शिक्षा बारे गाउँगाउँमा सचेतना कार्यक्रम लान आवश्यक हरेको बताए ।
जिल्ला समन्वय समितिका सदस्य चित्रकुमारी न्यौपानेले युवा दुर्व्यसनीका घटना न्युनीकरणमा प्रहरीले ध्यान दिनुपर्ने बताउनुभयो ।
अधिकारकर्मी तारा कार्कीले प्रहरीले आफ्नो काम गर्ने क्रममा सुधार गरेको तर अझै पीडितमैत्री हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले मानव अधिकारमैत्री सेवा प्रदान गर्ने वातावरण पालिकाले बनाएको उल्लेख गर्नु भयो ।
उहाँले शिक्षा, स्वास्थ्य, खाद्य र आवास जस्ता आधारभूत अधिकार जनतासम्म पुर्याउन पालिका कटिबद्ध रहेको बताउनु भयो ।
कालिका गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जनताले पनि आफ्ना आधारभूत आवश्यकताको मागदवी गर्न सक्नु पर्ने बताउनु भयो ।
उहाँले त्यसका लागि स्थानीय तहमा मानव अधिकार शिक्षाको आवस्यकताको खाँचो औँल्याउनु भयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ रसुवाका अध्यक्ष लीलानाथ न्यौपाने, सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक राजु आचार्य, जिल्ला भूमि अधिकार मञ्चका कोषाध्यक्ष भूवनेश्वरी लामिछाने, नागरिक समाजका झङ्कनाथ न्यौपाने लगायत सरोकारवाला सहभागीले मानव अधिकार मैत्री पालिका बनाउनका लागि जनचेतनाका कार्यक्रम गर्न पालिकालाई सुझाव दिएका थिए ।
इलाका प्रहरी कार्यालयका सई कासीराम बुढाले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर नेपाल प्रहरीले मानव अधिकार तथा कानुनको पालनामा ध्यान दिएको बताउनु भयो ।
सहभागीहरूले घरेलु हिंसाका घटनाहरु मिलापत्र हुने हुनाले समाजमा अझै घरेलु हिंसाका घटना लुकेर बसेका तथा यस्तो घटना न्युनीकरण हुन नसकेको बताएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि हेमानाथ खतिवडाले सन २०२१ भरीमा जिल्लामा यौन तथा यौनजन्य तीन ओटा घटनामा चार जना पीडित भएको, महिला हिंसा तथा दुव्र्यवहारका चार ओटा र बहुविवाहका तीन ओटा घटना जिल्लामा अभिलेख गरिएको जानकारी दिए जानकारी दिनु भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…