नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न

  ०७८ पुस १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागी गण्डकी प्रदेशको सम्पादन भेला पुस १३ गते सम्पन्न गरिएको छ  ।

इन्सेकद्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि यस वर्ष जिल्लामा भएका र जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना आवश्यक सूचनासहित पुनः पुष्टिका लागि सम्पादन भेला आयोजना गरिएको हो ।

photo20211227kaski1

कार्यक्रममा बोल्दै नेपाल मानवअधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरुलाई सङ्कलित विवरणमा छुटेका र पुष्टि गर्नुपर्ने तथा न्यायमा भएको पहुँचको सवालमा सल्लाह सुझाव दिनुभएको थियो ।

इन्सेक अनलाइन सम्पादक रमेश तिमिल्सिनाले मानव अधिकार वर्ष पुस्तकलाई उपयोगी बनाउन सम्पादन भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक गण्डकी संयोजक शिव खकुरेलले सम्पादन भेलाले वर्ष पुस्तक प्रकाशनमा निकै सहयोग गर्ने हुनाले यसमा ध्यान दिएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश मातहतका इन्सेक जिल्ला प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश भरी सन २०२१ जनबरी देखि नवेम्बरसम्म जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घनका ३ सय ९१ घटनाहरुको सम्पादन गरिएको थियो ।

सुशन घिमिरे