नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  ०७८ पुस १० गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले इन्सेकले वषए पुस्तकको माध्यमबाट सार्वजनिक गरिने समग्र जिल्लाको मानव अधिकार अवस्था  प्रशंसनिय रहेको बताउनुभयो ।

उहाँले इन्सेकको अभिलेखले पीडितलाई घटनाको तथ्य र प्रमाण जुटाउन सहयोग गर्ने बताउनुभयो ।

photo20211226Lamjung

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर बेदनारायण श्रेष्ठले मानवअधिकारको क्षेत्रमा इन्सेकको अतुलनीय योगदान रहेको बताउनुभयो ।

उहाँले इन्सेकले पीडितको सम्वैधानिक उपचारको लागि वकालत गर्नुको साथै फैसला भएका मुद्दालाई वर्ष पुस्तकमा समावेश गर्दा राम्रो हुने सुझाव दिनुभयो ।

इन्सेकको अभिलेख अनुसार जिल्लामा २५ ओटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । जसमध्ये १२ ओटा बलात्कारका  बलात्कार प्रयासका आठ ओटा, दुई ओटा घरेलु हिंसा र बहुविवाह,  एउटा हत्या र  दुई ओटा जातीय विभेदको घटनाहरू रहेका छन् ।

दलबहादुर मजाकोटी