नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ८ गते सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले मानव अधिकार मानिसलाई नभइ नहुने बताउनुभयो । उहाँले मानव अधिकारको संरक्षणले समाजलाई राम्रो बनाउने बताउनुभयो ।
पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्रीले मानव अधिकारको संरक्षण राज्यको दायित्व रहेको बताउनुभयो । उहाँले कानुनलाई राम्ररी पालना गरे मानव अधिकार हननका घटनामा कमी आउने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका एसपी राजिव बस्नेतले मानव अधिकार घटना हुन नदिन प्रहरीले सदै प्रयत्न गरिरहेको बताउनुभयो ।
जिल्ला समन्वय समितीका अधिकारी ऋषिराम आर्चायले न्यायिक समितीका घटनालाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपनेै सुझाव दिनुभयो । जिल्ला अदालतका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले फैसला भएका मुद्दालाई मात्र वर्ष पुस्तकमा अभिलेख गर्दा राम्रो हुने बताउनुभयो । जिल्ला दलित सङघ का अध्यक्ष लिल रणपालले धेरै जसो मानव अधिकार हननका घटनाहरु दलित समुदायको हुने गरेको हुँदा समुदायमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
इन्सेकले गरेको अभिलेख अनुसार हालसम्म स्याङ्जा जिल्लामा ३४ ओटा मानव अधिकार हनन तथा ज्यादतीका घटनाहरु भएका छन् । जसमध्ये महिला अधिकारका २०, बालअधिकारका १२, हत्याका एक र अस्पतालमा गरिएको तालाबन्दीको एक घटना रहेको छ ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…