नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्ष सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लाजि जिल्लामा सङकलित मानव अधिकार उल्लङ्घन तथा ज्याततीका घटनाको पुस ९ गते पूर्व समीक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा ६ जनाको हत्या भएको, ६ जनाको हत्या प्रयास भएको, बालिका १७ जना र महिला २४ जना गरी ४१ जना बलात्कार र आठ जना बलात्कार प्रयासबाट पीडित भएको अभिलेख इन्सेक प्रतितिधि रमेश गिरीले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै बाल यौन दुव्र्यवहारबाट १० जना, बहुबिवाहबाट नौ जना महिला पीडित भएका छन् भने मानव बेचबिखनबाट ६ जना, घरेलु हिंसाबाट पाँच जना, आत्महत्या दुरुत्सानमा ती जना पीडित भएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्ष मुनिको बालिकाहरू बढी पीडित हुने गरेको बताउनु भयो ।
बहुविवाह र बालविवाहका कारण उनीहरूबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको र आफ्नो पहिचान पाउन नसकेको बताउदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले पछिल्लो समयमा हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना उच्च रूपमा बढेको बताउनु भयो ।
कुनै पनि अपराधका मुख्य कारण आर्थिक पक्ष जोडिएको बताउदै उहाँले मादक पदार्थ तथा लागु पदार्थको बिक्री वितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने औल्याउनु भयो ।
एसपी श्रेष्ठले अपराध न्यूनिकरणका लागि समाज जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपमेयर जूना बस्नेतले बालिका र एकल महिला धेरै पीडित भएको बताउँदै आफ्नै मान्छेबाट हत्या र बलात्कारका घटना बढेकाले समाजमा चेतना फैलाउनु आवश्यक रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतीले मानव अधिकारका घटनाको दायरालाई फराकिलो पारेर इन्सेकले घटना सङ्कलन गर्दै समस्या समाधानमा पनि पहल गर्नु पर्नेमा जोड दिनुभयो ।
गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले गरिब र धनीबीचको खाडलले अपराध जन्माइ रहेको भन्दै पुरुष हिंसाका घटनालाई पनि पहिचान गरेर समावेश गर्नु पर्ने बताउनु भयो ।
पत्रकार महासङ्घ भक्तपुरका सल्लाकार पुष्करराज बुढाथोकीले अपराधमा जोडिएका व्यक्तिसँग प्रहरी प्रशासनको निकटता र अपराधमा संलग्न व्यक्तिहरूलाई राजनीतिक दलले सदस्यता दिने र उपल्लो दर्जा दिएर चोख्याउने कामले पनि अपराध बढ्को बताउनु भयो ।
गैरसरकारी संस्था महासङ्घ भक्तपुरका कोषाध्यक्ष पहलमान श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष लीला श्रेष्ठ, प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन समितिका सदस्य रामचन्द्र प्रजापति, नेवाः पत्रकार दबु भक्तपुरका अध्यक्ष राम तमखुलगायतले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको न्यूनिकरणका लागि प्रहरी, प्रशासन र समाजले चाल्नु पर्ने कदमकाबारेमा सुझाव दिनु भएको थियो ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…
गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका…