नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न
इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालञ्जका प्रमुख झङ्कर रावलले अहिलेको समयमा वर्ष पुस्तकमा शिक्षा, स्वास्थ्य र खाद्यको विषयलाई बढी प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
उहाँले जिल्लामा न्यायिक समितिले कसरी काम गरेका छन् भन्ने विषयलाई पनि उल्लेख गर्न आवश्यक रहेको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले महत्वपुर्ण घटनाहरूलाई समेटेर लैजानुपर्ने बताउँदै समन्वयमा रहेर काम गरे कुनैपनि घटना नछुट्ने बताउनु भयो । उहाँले कारागार र बाल सुधार गृहको अवस्था सुधार्न लागि परेकोसमेत बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले सबै सरकारी र गैरसरकारी सङ्घसंस्थाहरूले समन्वय गरेर ग्रामीण क्षेत्रमा पुगेर त्यहाँ भएका हिंसाका घटना बाहिर ल्याउन र न्यायिक प्रकृयामा जान सहयोग पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न आवश्यक सहयोग गर्ने बताउनु भयो ।
इन्सेकका साधारण सदस्य कृष्णमुरारी प्रसाद भट्टले मानव अधिकार वर्ष पुस्तक परिमार्जन गर्नलाई सबैले सहयोग गर्न आग्रह गर्नु भयो ।
बाल सुधार गृहकी परामर्शकता विमला काउचा मगरले बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरू भएकाले व्यवस्थापनमा कठिनाई आएको बताउनु भयो ।
उहाँले मुद्दाहरूको फैसला समयमा नै नभएको कारण निर्दोष बालकहरूले पनि सजाय भोगिरहेको बताउँदै यस्ता समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सरस्वती मल्लले इन्सेकले वर्ष पुस्तकमा समेटिएका घटनालाई पुष्टि र पुनःपुष्टि गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै पुस्तकलाई अझ प्रभावकारी बनाउनको लागि सरोकारवाला सबैको सल्लाह, सुझाव र समन्वयको आवश्यकतामा जोड दिनु भयोे ।
जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका बाल अधिकार उल्लङ्घन अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहारका ११ ओटा, महिला अधिकार उल्लङ्घन अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहारका नौ ओटा, परिवारजनबाट हत्याका तीन ओटा, घरेलु हिंसाका ८० ओटा, स्वास्थ्य अधिकारका दुई ओटालगायत १ सय ५ ओटा घटना रहेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…