नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पुर्व समीक्षा कार्यक्रम कात्तिक २८ गते जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश केसीले सन् २०१८ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २१ ओटा घटना प्रस्तुत गरेका थिए । जसमा महिला हिंसा, बलात्कार, बलात्कारको प्रयास, घरेलु हिंसा, कुटपिट र गालीगलौजका घटना रहेका छन् ।
जिल्ला समन्वय समितिका संयोजक खडकबहादुर खडकाले स्थानीय सरकारलाई मानव अधिकार संरक्षणका लागि चुनौती भएको भन्दै इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरेर सबै पक्षलाई सचेत गराउँदै आएको बताए ।
कानुनमा सबैको पहुँच नपुगुञ्जेलसम्म मानव अधिकारको प्रत्याभूति गर्न नसकिने भन्दै उनले व्यक्ति मात्र नभई सबै पक्षले यस विषयमा सजग हुनु पर्नेमा जोड दिए ।
अधिकाँश घटनाहरू स्थानीय सरकारको न्यायिक समितिलाई हेर्ने अधिकार भएको भए पनि न्याय पाइन्छ भन्ने विश्वासको अभावका कारण पीडित पक्ष जिल्लासम्म पुग्ने गरेको महिला अधिकारकर्मी सिता सिंहले बताइन् ।
जिल्लामा महिलासँग सम्बन्धित घटना बढी मात्रामा भएको भन्दै अधिकारकर्मी सिंहले कुनै पनि घटनालाई सामान्य रूपमा लिन नहुने र मानव अधिकारको विषयमा सबै सम्वेदनशील हुनु पर्ने बताइन् ।
जयपृथ्वी नगरपालिका प्रमुख विरेन्द्र खडकाले लामो समयदेखि इन्सेकले मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रकाशित गर्दै आएकोमा धन्यवाद दिँदै मानव अधिकार उल्लङ्घनका घटनाहरूमा कमी ल्याउन स्थानीय जनप्रतिनिधिहरूले महत्वपुर्ण भूमिका खेल्नु पर्ने बताए ।
रमेश केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…
घरेलु हिंसा तथा लैंङ्गिक विभेद अन्त्यका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न
घरेलु हिंसा तथा लैङ्गिक विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि जिल्लाको दलित बस्तीमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेक कालिकोट र मानव अधिकार रक्षक सञ्जालको आयोजनामा घरेलु हिंसा…