नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ७ गते गोरखामा सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गोरखाको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले घरेलु हिंसा न्यूनिकरणका लागि टोल–टोलमा सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
घटनासँग सम्बन्धित मात्र भन्दा पनि यसको दिर्घकालिन असरको न्यूनिकरणका विषयमा मानव अधिकार वर्ष पुस्तकले समेट्न सक्नुपर्ने उहाँले बताउनुभयो । उहाँले जिल्लामा आत्महत्याको दर वढेकाले यस तर्फ पनि सचेतनामुलक कार्यक्रम गरी सोको न्यूतिकरण गर्नुपर्ने बताउनुभयो ।
‘प्रहरीको मात्र भूमिका भन्दा पनि सबैले घरेलु हिंसा, आत्महत्या, यौनजन्य हिंसा न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छ ।,’–उहाले भन्नुभयो ।
नागरिक साझा सवालका संयोजक स्थानेश्वर दवाडीले इन्सेकको घटना अभिलेखिकरणले समाजको विगत र वर्तमानको चित्र प्रस्तुत गर्नेे बताउनुभयो ।
उहाँले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडितलाई न्याय दिन पनि अभिलेखिकरण महत्वपुर्ण दस्तावेज बन्ने गरेको उहाँको भनाइ छ ।
पत्रकार महासङ्घ गोरखाका अध्यक्ष नरहरी सापकोटाले तथ्याङ्कगत रुपमा नियल्दा पनि जिल्लाका संवेदनशिल मानव अधिकार उल्लङ्घनका घटना कम गर्न इन्सेकको अभिलेखिकरणले सघाउने बताउदै उहाँले यस्ता घटना प्रतिको नागरिकको चेतनास्तर उकास्न विभिन्न सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
इन्सेकको अभिलेख अनुसार सन २०२१ को जनवरी देखि डिसेम्बरसम्म जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३० ओटा घटना भएका छन् । जसमध्ये बाल अधिकार अन्तरगतको बलात्कार, बलात्कार प्रयास र यौन दुब्र्यवहारका २०, जातिय विभेदको एक र महिला अधिकार हननका नौ ओटा घटना रहेका छन् ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…