नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार मण्डलले मानव अधिकार सुनिश्चितताको लागि सरोकारवाला निकायबिच समन्वय आवश्यक रहेको बताउनु भयो ।
इन्सेकका अनुसार पछिल्लो समय जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको भन्दै यसको न्यूनीकरणको लागि सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबिच समन्वय आवश्यक भएको सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताउनु भयो । उहाँले इन्सेक लगायतका मानव अधिकारसँग सम्बन्धित निकायले प्रतिवेदन पेश गर्नुका साथै आम नागरिकले अधिकार पाए की पाएनन् बारे अनुगमन गर्नु पर्ने बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्लेले यौनजन्य हिंसाका घटनाका पीडित न्यायको पहुँचमा धेरै ढिला आउने गरेको भन्दै पीडितलाई घटना भए लगत्तै न्यायिक निकायसम्म ल्याउन सबैले भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले इन्सेकले जिल्लामा मानव अधिकारको क्षेत्रमा खेलको भूमिका निकै महत्वपूर्ण भएको बताउँदै पीडितको उजुरी समयमै ल्याउन र उनीहरूलाई न्यायको पहुँचमा ल्याउने पहल गर्न इन्सेकलाई आग्रह गर्नु भयो ।
जिल्ला अदालतका तहसिलदार डिल्लीप्रसाद आचार्यले हिंसाका घटनामा कमि ल्याउन जनचेतनामूक कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लङ्क श्रेष्ठले आफूहरूको कार्यालयमा पिडितको उजुरी ढिला आउने भएको कारण पनि प्रमाण नपुग्ने गरेको भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनु भयो ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गा शाखा अधिकृत लक्ष्मी राईले ‘वर्ष पुस्तकले विषयमा समेट्ने क्षेत्र फराकिलो बनाउनु पर्ने बताउनु भयो । उहाँले आर्थिक, सामाजिक अधिकार र मौलिक हकका कुराहरूलार्ई विशेष प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनु भयो ।
मानव अधिकार हनन् हुन नदिन स्थानीय सरकारको पनि भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीय सरकारलाई जिम्मेवार बनाउन नागरिक समाजले पैरवी गर्नुपर्ने इन्सेक पूर्व जिल्ला प्रतिनिधि तथा पत्रकार शिव ढुङ्गगानाले बताउनु भयो ।
इन्सेकले जिल्लामा मानव अधिकारको क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको भन्दै अझ स्थानीय तहमा अनुगमन गर्नुपर्ने पत्रकार ढुङ्गानाले जोड दिनुभयो ।
समीक्षमा सन् २०२१ जनवरी देखि नोभेम्बरसम्म ११ महिनाको अवधिमा इन्सेकले अभिलेखीकरण गरेका ५१ ओटा घटनामा ५१ जना पीडित भएका छन् ।
इन्सेकको अभिलेख अनुसार यस अबधिमा जिल्लामा ६ जना बालिका र सात जना महिला बलात्कारको घटनाबाट पीडित भएका छन् ।
सरस्वती बानिया
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…