नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सोलुखम्बुले मङ्सिर २४ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्म ११ महिनाको अवधिमा गरिएका घटनाहरूमाथि समीक्षा गरिएको छ ।
समीक्षामा इन्सेक प्रतिनिधिले जिल्लामा अघिल्लो वष २९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएकोमा यस वर्ष ११ महिनाको अवधिमा ४८ ओटा मानव अधिकारसँग जोडिएका घटनाहरू अभिलेखीकरण गरेको बताउनु भयो ।
यस वर्ष जिल्लामा महिला अधिकारका घटना २० ओटा, आत्महत्या दुरूत्साहनको एक ओटा, भौतिक संरचनामा क्षतिका दुई ओटा, कुटपिट तथा धम्कीका १० ओटा, बालअधिकारका आठ ओटा र घरेलु हिंसाका सात ओटा घटना अभिलेखीकरण गरिएको इन्सेकले जनाएको छ ।
इन्सेक प्रतिनिधिले समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनमा शिक्षित परिवारबाट श्रमशोषणमा परेकी सात वर्षीया बालिकालाई इन्सेकको सहकार्यमा जिल्ला प्रहरी र प्रशासन कार्यालयले उद्धार गरी एसओएस बालग्राम इटहरी पठाइएको, सोताङका आफ्नै बुबाबाट शारीरिक तथा मानसिक यातानाबाट पीडित भएका १६ वर्षीय बालकको उद्धार गरिएको उल्लेख गरिएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी कवित कटुवालले नेपाल प्रहरीले मानव अधिकारलाई पहिलो प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आएको बताउनु भयो । उहाँले जो कोही आरोपितलाई हिरासतमा राख्दा मानवीयताका आधारमा व्यवहार गर्न गराउनको लागि बारम्बार प्रहरी कर्मचारीलाई निर्देशन दिने गरेको र पीडित पक्षबाट प्रहरीमा आएको उजुरी तत्काल कार्यान्वयमा लगिएको बताउनु भयो ।
समीक्षामा प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले गम्भीर प्रकृतिको घटनामा संलग्न भएका आरोपितलाई तत्काल कानुनी दायरामा ल्याउने सवालमा मानव अधिकार उल्लङ्घन भएको आरोप लाग्ने गरेको भन्दै यस्ता घटनामा गहिरिएर अध्ययन गरी अभिलेख राख्न इन्सेक प्रतिनिधिलाई सुझाव दिनुभयो । उहाँले मानव अधिकार रक्षा गर्ने सवालमा इन्सेकले जिल्लामा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी शाहीले राज्यपक्ष र गैहृराज्य पक्षलाई समेत सचेत गराउने काममा इन्सेक पहिलो स्थानमा रहेको बताउनु भयो ।
सोलुदूधकुण्ड नगरपालिका न्यायिक समिति संयोजक कल्पना राईले सामाजिक मान्यताका कारण नगन्य मात्रमा महिला हिंसाको घटना बाहिर आउने गरेको बताउनु भयो । उहाँले महिला र बाल अधिकारका घटनालाई बाहिर ल्याउनको लागि इन्सेकलगायतका संस्थाले सूक्ष्मढङ्गले अध्ययन गरी घटना बाहिर ल्याउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मी,पत्रकारलगायतको सहभागिता रहेको थियो ।
भोजराज कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
मध्यविन्दु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ ३० गते सम्पन्न गरिएको छ । समूहका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…
बालबालिकामाथि लगानी गर्न सरोकारवालाहरुको जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूह, मिथिला नगरको संयोजन तथा मिथिला नगर महिला तथा बालबालिका शाखाको संयोजनमा ६० औं राष्ट्रिय बाल…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ भदौ ३० गतेबाट मधेस प्रदेशमा रहेका समुदाय स्तरका संघ संस्थाका प्रतिनिधि, मानव अधिकार रक्षक र रक्षक समूहहरूका प्रतिनिधिहरूलाई मानव अधिकारसम्बन्धी…
शम्भुनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ राष्ट्रिय बालअधिकार दिवस
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा शम्भुनाथ नगरपालिकामा ०८१ भदौ २९ गते हाजिरी जवाफ, सुन्दर लेखन प्रतियोगिता र नृत्य कार्यक्रम गरी ६०औं राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । “बालबालिकामा लगानीः…
देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…