नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाहरूबिच समीक्षा मङ्सिर २४ गते समीक्षा गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इलाम)को आयोजनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा इन्सेक इलाम प्रतिनिधिले सन् २०२१ को जनवरीदेखि डिसेम्वरसम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनाहरू प्रस्तुत गर्नुभयो । ११ महिनाको अवधिमा हत्यामा ५ जना, बालिका बलात्कारमा १० जना, बालयौन दुर्व्यवहारमा २ , घरेलु हिंसामा ३ जना, बहुविवाहमा ४ जना, महिला बलात्कारमा १२ जना, महिला बलात्कार प्रयासमा १जना महिला यौन दुव्र्यवहार २ वटा घटनाहरु सार्वजनिक गरिएको छ ।
जिल्लामा पुरुषको तुलनामा महिला बढी पीडित हुने गरेको तथ्याङ्कले देखाएको छ । घरायसी मामिलादेखि सार्वजनिक क्षेत्रमा समेत महिला नै बढी पीडित हुनु परेको तथ्याङ्क इन्सेक इलामले सार्वजनिक भएको छ ।
मानव अधिकार बर्ष पुरस्कार २०२२ को प्रकाशन पूर्वको समीक्षामा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख महेश बस्नेतले यी बाहेक आत्महत्याका घटना समेत इलाममा बढी हुने गरेको बताउनु भयो ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मानिसमा नकरात्मक प्रवृत्ति हावी हुँदा हत्या र हिंसाका घटना बढी भएको बताउनु भयो । उहाँले मानिसको चेतनाको स्तर उसको भौतिक अवस्थामा भर पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रबहादुर श्रेष्ठले मानवको बाँच्न पाउने अधिकार नै मानवअधिकार रहेको बताउनु भयो । उहाँले समय अनुसार मानव अधिकारका घटना घट्ने प्रक्रिया फेरिदै गएको बताउनु भयो ।
कार्यक्रममा उच्च बार एशोशिएसन इलामका अध्यक्ष वीरबहादुर खड्का, गैरसरकारी संस्था प्रदेश १ का अध्यक्ष प्रकाश अधिकारी, जिल्ला बार एशोसएशन इलामका अध्यक्ष तारानाथ पराजुलीलगायतले बोल्नु भएको थियो ।
बविता मैनाली
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…