नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ ।
इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सन् २०२१ को जनवरीदेखि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा इन्सेकले प्रतिनिधिले जिल्लामा ११ महिनाको अवधिमा बाल अधिकार उल्लङ्घनका ३१ ओटा घटनासहित ५० ओटा घटना जिल्लामा अभिलेखीकरण गरेको बताउनु भयो ।
स्थानीय तहले निमार्ण गर्ने भौतिक संरचना अपाङ्गमैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिले सरकारी सेवा प्राप्त गर्न सकस भएको विषयलाई इन्सेकले सरोकारवालाहरूबिच उठान गरेको छ ।
समीक्षामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ उपशाखा कार्यालय प्रमुख श्यामबाबु काफ्लेले मानव अधिकार सबैले आआफूले पालन गरे मात्र समृद्ध र मानव अधिकारमैत्री समाज निर्माण हुने बताउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा आयोगले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस गरेपनि सो कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
सङ्घीय संसद विशाल भट्ठराईले इन्सेकले प्रस्तुत गरेको प्रतिवेदमा अनुसन्धानका क्रममा थुनामा मृत्यु भएकाको परिवारले आठ वर्ष सम्म पनि न्याय नपाउनु,तीन जना महिलाको हत्या भएको घटनामा पाँच वर्ष पुरा हुँदा दोषीको पहिचान नहुनुले राज्य मानव अधिकारका विषयमा के कति जिम्मेवार छ भन्ने प्रश्न उब्जिएको बताउनु भयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले नेपाल मानव अधिकार वर्ष पुस्तक साझा सम्पत्ति भएकाले पुस्तकप्रति सबैको अपनत्व हुने बताउनु भयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका न्यायिक समिति संयोजक विना राईले इन्सेकले बाल अधिकार र महिला अधिकारको विषयमा अझ प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनु भयो । उहाँले राज्यले गर्नुपर्ने काम इन्सेकले गर्दै आएको र मानव अधिकार संरक्षण र सम्वद्र्धनमा राज्यलाई सहयोग गरेको बताउनु भयो ।
इन्सेक प्रतिनिधिले जिल्लामा मानव अधिकार रक्षाका लागि विशेष भूमिका खेलेको भन्दै सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालगायतले इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयललाई सम्मान गरेको छ ।
तारानाथ फुयल
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…