नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ३१ गते सरोकारवालाबिच समीक्षा गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि इन्सेक प्रतिनिधिले जिल्लामा सन् २०२१ को ६ महिनाको अवधिमा अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा बोल्दै जिल्ला अदालत सोलुखुम्बुबाट समाजसेवीमा नियुक्त भइ काम गरिरहनु भएका समन्वय समिति सदस्य दाडोमा शेर्पाले बालबालिका अधिकारको अधिकार रक्षाका लागि अधिकारकर्मी अझ बढी सक्रिय हुनुपर्ने सुझाव बताउनु भयो ।
नेपाल मानव अधिकार सङ्गठन सोलुखुम्बुका कार्यवहाक सभापति हिमाल गिरीले इन्सेकले मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै समन्वय र सहकार्य गरी मानव अधिकार रक्षाका लागि काम गर्ने बताउनु भयो । सम्पन्न सञ्चार प्रालिका अध्यक्ष पीटी लोप्चनले मावन अधिकारको क्षेत्रमा काम गर्नेहरूबिच एकता आवश्यकता रहेको बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले इन्सेकले मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले मावन अधिकार संरक्षणको अभियानमा इन्सेकलाई सहयोग सबैले साझा अभियानमार्फत सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
समीक्षामा जिल्लामा सन् २०२१ को ६ महिनाको अवधिमा २८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो । बलात्कार र बलात्कार प्रयासका १० ओटा, यौन दुर्व्यवहार तीन ओटा, घरेलु हिंसाका ७ ओटा र कुटपिट तथा धम्कीको ६ ओटा, आत्महत्या दुरूत्साहनका एक ओटा र हत्याको एक ओटा घटना जिल्लामा अभिलेखीकरण गरिएको छ । सन् २०२० को तुलनामा सन् २०२१ को ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको इन्सेकको अभिलेखले देखाएको छ । सन् २०२० मा एक वर्षको अवधिमा ३० ओटा घटना अभिलेखीकरण गरिएकोमा सन् २०२१ को ६ महिनाको अवधिमा २८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना इन्सेक अभिलेख गरेको छ ।
इन्सेक अभिलेखका आधारमा सन् २०२० को एक वर्षको अवधिमा बलात्कार र बलात्कार प्रयासका नौ ओटा घटना अभिलेखीकरण गरिएकोमा सन् २०२१ को पहिलो ६ महिनाको अवधिमा १० ओटा यौनजन्य घटना अभिलेखीकरण गरिएको छ ।
भोजराज कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…