नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७८ असार ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित घटनाहरूको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३१ गते धुलिखेलमा सम्पन्न भयो ।

photo20210715Kavre1 कार्यक्रममा जिल्लाको मानव अधिकार अवस्था बारेमा इन्सेक जिल्ला प्रतिनिधिले सन २०२१ को ६ महिना (जनवरीदेखि जुनसम्म) को मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गर्नुभको थियो ।

यस अवधिमा इन्सेकले काभ्रेमा ३१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेख गरेको छ ।

कार्यक्रममा मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको विषयमा सरोकारवाला निकायले सुझाव दिएको राखेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रका प्रमुख सीता श्रेष्ठले जिल्लामा पछिल्लो समय अपङ्गता भएको बालबालिका र महिलाहरूमा बलात्कारको घटना बढेको बताउनु भयो ।

photo20210715Kavre2अभिलेख गरेको घटनाहरूको बारेमा  जिल्ला बार एसोसिएसन नेपालका अध्यक्ष देवकुमार मोक्तनले पीडितलाई न्यायको लागि भएको प्रगति पनि राख्न सुझाव दिनु भएको थियो ।

उहाँले इन्सेक काभ्रेले हरेक वर्ष अर्धवार्षिक र वार्षिक रूपमा मानव अधिकार हननका घटनाहरूको अभिलेखीकरण गरी पूर्व समीक्षा गर्दै आइरहेकोले यस अभियानमा सबै सरोकारवालाले साथ दिनुपर्ने बताउनु भयो ।

द्वन्द्वको समयमा राज्यले राख्न नसकेको अभिलेख इन्सेकले राखेर राज्यलाई सहयोग पुर्‍याएको पत्रकार महासङ्घ काभ्रेका सचिव कपिल कोइरालाले बताउनुभयो ।

यस अवधिका जिल्लामा भएका २३ ओटा बलात्कारका घटनामा आठ जना बालिका, तीन जना आपाङ्गता भएका सहित १२ जना महिला बलात्कार पीडित भएका छन् ।

यसैगरी अन्यपक्षबाट तीन जनाको हत्या, नेत्रविक्रम चन्द विप्लव समूहको दुई घटनामा तीन जना गिरफ्तारपछि रिहा र  तीन ओटा बहुविवाहको घटना अभिलेखीकरण गरेको छ ।

हिरामान लामा